
पोखरा(खेलाडी न्युज)-नेपालमै पहिलो पटक आयोजना गरिएको क्यानोनिङ प्रतियोगिताको उपाधि सुनिल गुरुङले जितेका छन् । उनले ५० मिटर अग्लो छहरामा नट पास(डोरीले गाँठो पार्दै माथि उक्लने र झर्ने) गर्दै चार मिनेट २६ सेकेण्ड समयमा उक्लिएर झर्दै प्रथम पुरस्कार जितेका हुन् । यसैगरी अतित गुरुङले पाँच मिनेट ३४ सेकेण्डको समय लगाउँदै दोस्रो स्थानमा चित्त बुझाए । राजु नेपालीले पाँच मिनेट ५९ सेकेण्डको समय लगाउँदै तेस्रो स्थानमा आईपुगे ।
पोखरा क्यानोनिङ प्रालि तथा विरेठाँटी क्यानोनिङ प्रालिको संयुक्त आयोजनामा अन्नपुर्ण गाउँपालिका अन्तर्गत विरेठाँटी छहरामा आयोजित प्रतियोगितामा नेपालका २० क्यानोनिङ गाईडले सहभागिता जनाएका थिए । २० जनाबाट टप टेन छनोट गर्दै शनिबार दोस्रो दिन टन टेनबाट टप फाईभ हुदैं विजेता चयन गरिएको थियो ।
क्यानोनिङ विजेता े नगद ३० हजार, दोस्रोले २० हजार, तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गरे । उनीहरुलाई चीनबहादुर प्यारी प्रतिष्ठानका अध्यक्ष एवं संयोजक पूर्ण कोने गुरुङ, अन्नपूर्ण गाँउपालिका वडा नं ८ का वडाध्यक्ष विजय गुरुङ तथा विरेनिघी कोनेगुठीकी प्रतिनिधि मसिना गुरुङ लगायतले ले नगद पुरस्कार प्रदान गरेका थिए ।
साहसिक खेल क्यानोनिङको प्रवद्र्धन गर्न उद्देश्यले पहिलो पटक क्यानोनिङ प्रतियोगिता आयोजना गरिएको पोखरा क्यानोनिङ प्रालिका निर्देशक राम गुरुङले जानकारी दिए । चीनबहादुर प्यारी प्रतिष्ठानको मुख्य प्रायोजन रहेको प्रतियोगितामा कास्की, भोटेकोशी, ककनी, सुन्दरी जल, लम्जुङ, बाग्लुङ(हटिया), पर्वत(दुर्लुङ)मा रहेको क्यानोनिङका गाईडहरुको सहभागिता रहेको थियो ।
नेपालमा क्यानोनिङ गर्ने गाईडको स्वीकृति पत्र(लाईसेन्स) छैन् । स्वीकृति पत्र नहुदाँ साहसिक खेलसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन सकिएको छैन् । लाईसेन्सको लागि नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट(नाथम)सँग छलफल गरिएको थियो । यद्यपी अझसम्म ठोस निष्कर्ष भने अझै आईसकेको छैन् । छलफलमा नाथमले गाईड लाईसेन्स दिने आवश्वास दिएको छ । लाईसेन्स नहुदाँ ढुक्क हुन सक्ने अवस्था नरहेको निर्देशक गुरुङले बताए ।
दुवै क्यानोनिङ अन्नपुर्ण संरक्षण क्षेत्र भित्र पर्छन् । क्यानोनिङ संरक्षण र सम्बद्र्धन गर्न नीतिगत निर्देशिकाको अभावले समस्या रहेको उनको भनाई थियो । पोखरा क्यानोनिङ प्रालिले वर्षेनी क्यानोनिङ सम्बन्धी प्रशिक्षण समेत दिदैं आएको छ । ४० जनाले प्रशिक्षण लिईसकेका छन् । क्यानोनिङको लागि अमेरिकन क्यानोनिङ एकेडेमीले प्रशिक्षण दिने गरेको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…