एलजी कप उपाधि एलजी रातोलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १ गते २०७५ मा प्रकाशित


धन बस्नेत, पोखरा,(खेलाडी न्युज)-आगामी वर्ष क्लबस्तरीय नकाउट फुटबल प्रतियोगिता गर्ने प्रतिबद्धतासहित दोस्रो सस्करणको एलजीकप सेभेन ए साईड फुटबल प्रतियोगिता टुंगिएको छ । आयोजक एलजी रातोले दोस्रो रोजाईको एलजी कालोलाई पराजित गर्दै च्याम्पियन बनेसँगै तेस्रो सस्करण भने ११ ए साईडको रुपमा विस्तार गरिने प्रतिबद्धता गरियो ।

आयोजक लाली गुराँस एशोसियसनका सल्लाहकार एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङले आगामी वर्षको सस्करणलाई भने ठूलो मैदानमा अझ भव्य र सभ्य रुपमा सम्पन्न गर्ने लक्ष्य लिएको बताए । उनले पोखराको फुटबल विकासको लागि सेभेन साईड फुटबलले महत्वपूर्ण योगदान दिएको भन्दै अब क्लबस्तरीय नकाउट फुटबल  प्रतियोगितामा रुपान्तरण हुने प्रतिबद्धता गरे ।

शनिबार आयोजक एलजी रातोले कालोलाई २—० गोलले पराजित गर्दै नगद एकलाख ५० हजार राशीको उपाधि आफनो पोल्टामा पा¥यो । उपविजेता बनेको एलजी कालोले भने ८० हजार नगदसहित ट्रफीमा चिक्त बुझायो । आजै सेमिफाईनल खेल्दै फाईनलको यात्रा तय गरेका आयोजक टोलीले गोधुली साँझ अगावै उपाधि रक्षा गर्न सफल भएको हो । एलजी रेडले सेमीफाइनलमा भंडारढिकको आर्दश युबा क्लबलाई. २–१ गोल र एलजी ब्ल्याकले लेकसाइड युबा क्लबलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पाखा लगाउँदै फाइनल प्रवेश गरेका थिए ।

तेश्रो र चौथो स्थानका लागि भएको खेलमा लेकसाइडले आर्दशलाई वाक ओभर दिएका कारण आर्दशले प्रतियोगितामा तेश्रो स्थान प्राप्त गर्दै नगद २० हजारका साथमा ट्रफी प्राप्त ग¥यो भने लेकसाइडले नगद १० हजार प्राप्त ग¥यो । प्रतियोगितामा एलजी कालोका गोबिन्द थापा वेष्ट प्लेयर घोषित भए । एलजी रातोका अजित गुरुङले प्रतियोगिता अवधीभर १२ गोल गर्दै सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भएका छन् । उनीहरुले समान नगद ८ हजारका साथमा ट्रफी प्राप्त गरे ।

एलजी रातोका शुलेमान थापा मगर वेष्ट डिफेन्डर, एलजी रातोकै दिप कार्की वेष्ट गोलकिपर, एलजी कालोका शिन्केमान तामाङ वेष्ट स्ट्राइकर, र उत्कृष्ट प्रशिक्षक एलजी रातोका प्रबिन गुरुङ र बेष्ट म्यानेजर एलजी रातोका बिशाल गुरुङ (माइला) घोषित हुँदै समान नगद ४ हजारका साथमा ट्रफी प्राप्त गरे ।

बिजयी टिमलाई नेपाली सेना पश्चिम पृतनाका सहायक पृतनापति ताराबिक्रम शाह, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका उपाध्यक्ष सुनिल गुरुङ, लोकतान्त्रिक खेलकुद संघ जिल्ला अध्यक्ष ओम बस्नेत, कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ, युवा व्यवसायी महेन्द्र गुरुङ, मुख्य प्रायोजक संस्था हिमाअशका प्रोप्राइटर समिर थापा लगाएतले ट्रफी, मेडल, नगद र प्रमाणपत्र वितरण गरेका थिए । पोखराको अम्मरसिंह खेल मैदानमा संचालन भएको प्रतियोगिताको मुख्य प्रायोजक हिमाअश एजुकेशन कन्सलटेन्सी रहेको थियो भने दोश्रो पुरुस्कार राशी नगद ८० हजार कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले प्रायोजन गरेका थिए ।