
पोखरा(खेलाडी न्युज) — तेश्रो सालडाँडा वडा स्तरिय पुरुष भलिवलको उपाधी आयोजक मन्दिरचोक युवा क्बल ‘ए’ ले जितेको छ । फाईनल खेलमा आयोजक ‘बी’ लाई ३–० को सोझो सेटमा हराएर उपाधी जितेको हो ।
उपाधी संगै आयोजक ‘ए’ ले नगद ४० हजार मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने आयोजक ‘बी’ नगद २५ हजार संगै मेडल र प्रमाणपत्रमा चित्त बुझायो । शनिवार नै तृतिय स्थानको लागीको भएको खेलमा गैया युवा क्लबलाई हराएर जनप्रिय युवा क्लब तृतिय हुदै नगद १५ हजार मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
यस अघि भएको सेमीफाईलन खेलमा आयोजक ‘ए’ ले गैया युवा क्लबलाई र आयोजक आयोजक ‘बी’ले जनप्रिय युवा क्लबलाई पराजित गरी फाईनलको भेट पक्का गरेको थियो । बिजेता टिमहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा हरिनास गाँउपालिका वडा नम्बर १ का वडाध्यक्ष भिम बहादुर भुजेल, समाजसेवी देवबहादुर मानन्धर र क्लबका अध्यक्ष महेश मानन्धरले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा बिधागत पुरस्कार तर्फ आयोजक टिम हावी भएको छ । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीमा आयोजक ‘ए’ का बिकाश थापा घोषित भएका थिए । बेष्ट स्पाईकरमा आयोजक ‘बी’ का कमल मानन्धर, बेष्ट ब्लकर आयोजक ‘ए’ का सनिप राना, बेष्ट लिफ्टर आयोजक ‘ए’ का सुनिल थापा, बेष्ट डिफेन्डरमा जनप्रिय युवा क्लबका सुन्दर मानन्धर घोषित हुदै नगद रु २ हजार पुरस्कार प्रदान गरिएको थियो ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…