प्रिमियर लिगमा अबको लक्ष्य उत्कृष्ठ चार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ४ गते २०७५ मा प्रकाशित


एजेन्सी—इग्लिस प्रिमियर लिग, स्पेनिस, बुण्डेसा, इटालियन सिरी लगभग टुंगिने अवस्थामा छ । केही खेल बाँकी छन् । तर विजेता टुंगिसकेका छन् । प्रिमियर लिग म्यानचेष्टरसिटी, स्पेनिस बार्सिलोना, जर्मनको बुण्डेसा बार्यन म्युनिख र इटालियन सिरी युभेण्ट्सले जितिसकेका छन् । विजेताले आगामी सिजन च्याम्पियन्स लिगमा आफनो उपस्थिति जनाउँदा बाँकी क्लबले भने च्याम्पियन्स लिगको लागि कठिन चुनौति पन्छाउनुपर्ने खाँचो छ ।

प्रिमियर लिगमा सिटी पछाडि उत्कृष्ठ चार भित्र पर्न चार क्लब तछाडमछाडको अवस्थामा छन् । पाँच खेल बाँकी छ । म्यानचेष्टर युनाईटेड ७१, लिभरपुल ७०, टोटनह्याम हट्सपर ६७ र चेल्सी ६० अंकको स्थितिमा छ । आर्सनल र बर्नले यो दौडबाट बाहिरिसकेको छ । चेल्सीको पनि सम्भावना निकै कमजोर छ । पाँचै खेल जितेर पनि नपुग्ने अवस्था छ । युनाईटेड पनि वेष्टब्रुमसँग पराजित भएपछि सिटीले पाँच खेल अगावै उपाधि रक्षा गरेको थियो ।

यसैगरी युरोपा लिगमा भने पाँचौ र छैटौं आउनेको सम्भावना रहन्छ । जहाँ एफए कपको विजेतासँगै समूहको पाँचौ र छैटौंले स्थान पाउने छन् । त्यसमा चेल्सी, आर्सनल, बर्नले र लेष्टर सिटीको सम्भावना देखिन्छ । अब आर्सनलले वेष्टह्याम, म्यानचेष्टर युनाईटेड, बर्नले, लेष्टरसिटी, हर्डल्सफिल्डसँग प्रतिस्पर्धा गर्ने छ । बर्नलेले भने चेल्सी, स्टोक सिटी, ब्रिगटन, आर्सनल र बर्नमाउथसँग खेल्ने छ ।

दुई क्लब रोलिगेसनमा पर्नेछन् । रेलिगेसनको संघारमा वेष्टह्याम २४, स्टोक २८, सायथह्यामटन २८, स्वान्सी सिटी ३३, क्रिष्टल प्यालेस ३४, हर्डल्स फिल्ड ३५, वेष्टह्याम ३५, ब्रिगटन ३५ अंक छ । वाटफोर्ड र बर्नमाउथ भने सुरक्षित छन् ।