
नेपालगन्ज(खेलाडी न्युज)आर्शिवाद पेन्ट्स नेपालगन्ज कपको मंगलवार भएको खेलमा एबरोल टी एम टी लुम्बिनी यात्रीजले जित हासिल गरेको छ । कोहलपुर क्रिकेट मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन भएको पहिलो म्याचमा एबरोल टि एम टि लुम्बिनी यात्रीजले ६ विकेटले जितेको छ ।
पहिलो खेलमा टस जितेर एबरोल टि एम टी लुम्बिनी यात्रीजले फिल्डिंग रोजेको थियो । पहिले ब्याटिंगको निम्तो पाएको जिसान बांके ब्लास्टरको सुरुवात गरेको थियो । जिसान बांके ब्लास्टरका कप्तान प्रज्वल शाहीले १२ रन बनाए भने सुदिप नेपाली र अख्तर हुसैनले १३ १३ रन बनाएका थिए । छैठौ ब्याट्सम्यानको रुपमा मैदानमा प्रवेश गरेका सोनु तामाडंले भने आर्कमक पारी खेल्दै जम्मा १७ बलमा ५८ रनको अर्धशतकिय पारी खेलेका थिए । जस्मा ८ वटा छक्का र एउटा चौका प्रहार गरेका थिए ।
निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै जिसान बांके ब्लास्टरले १३८ रन बनाएको थियो ।एबरोल टी एम टी लुम्बिनी यात्रीजका लागि सुनिल सुनार,बासिर एहमद र निजामुद्दिन हल्वाईले २,२ विकेट लिन सफल भए । १३९ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको एबरोल टी एम टी लुम्बिनी यात्रीजले ७ बल अगाडी विजय प्राप्त गरेका थिए । जस्का लागि ओपनर ब्याट्सम्यान विशाल खत्रीले ४६ बल खेल्दै ६६ रन बनाएका थिए भने बसिर अहमदले १६ बल खेल्दै ३५ रन बनाएका थिए । जिसान बांके ब्लास्टरका लागि गोपाल सिंहले २ विकेट लिएका थिए । अर्धशतकिय पारी खेलेका एबरोल टी एम टी लुम्बिनी यात्रीजका ६६ रन बनाएका विशाल खत्री म्यान अफ द म्याच घोषित भएका थिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…