
इलाम(खेलाडी न्युज)सिजनको पहिलो प्रतियोगिताको रुपमा आयोजित माई भ्याली गोल्डकपबाट पाहुना टोली कास्की ११ पराजित हुदैं पोखरा फर्किएको छ ।
आयोजक माई भ्याली फुटबल क्लबले उदघाटन खेलमा कास्की ११ लाई ३-२ गोलले पराजित गर्दै सुखद शुरुवात गर्दा पहिलो सहभागिता जनाएको कास्की भने इलाम पुगेको दोस्रो दिन फर्किए बाध्य भएको हो ।
कास्की ११ का कप्तान उत्तम गुरुङले दोस्रो हाफमा गोल फर्काउँदै खेलमा फर्किने सम्भावना देखाउँदा अर्को गोल रन्दिप पौडेलले गरे । तर बराबरीको लागि पर्याप्त हुन सकेन् । अन्तत पराजय व्यहोर्दै माईभ्याली गोल्डकपबाट बाििहरने पहिलो टोलीको रुपमा नाम लेखायो ।
म्याइभ्यालीको जितमा मनीष थापाले २ अर्को गोल सुवास राईले गरे । कास्कीका लागि उत्तम गुरुङ र रन्दिप पौडेलले गोल गरेका थिए । १९ औं मिनेटमा मनीषको गोलबाट माइभ्यालीले अग्रता लियो भने उनले नै ५७ औं मिनेटमा अर्को गोल गरे ।
सुवासले ६४ औं मिनेटमा गोल थप्दा माइभ्यालीले ३–० को अग्रता लिएको थियो । उत्तमले ६८ औं मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । इन्जुरी समयको पहिलो मिनेटमा रन्दीपले अर्को गोल फर्काएपछि हार भने टरे । माइभ्यालीका छिरिङ गुरुङ खेलको म्यान अफ दी म्याच घोषित भए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…