
पोखरा(खेलाडी न्युज)- मनमोहन स्मृति यु— १६ क्रिकेट प्रतियोगिताको लागि प्रदेश नं ४ को खेलाडीलाई बिहीबार पोखरा रंगशालाबाट विदाई गरिएको छ ।
प्रदेश नं ४ बाट प्रतियोगितामा सहभागि हुने १६ सदस्यीय टोलीलाई विदाई गरिएको हो । मेघबहादुर सेनको कप्तानीमा ईशान्त श्रेष्ठ, रहमद अन्सारी, अनित बराल, सोहल कुँवर, दिपेन्द्रसिंह मगर, सुजन गौतम, रोशन न्यौपाने, सचिन अधिकारी, प्रमोद बास्तोला, किरण पौडेल, कृष्ण पौडेल, प्रेम गुरुङ र आशिष सैंजु रहेका छन् । त्यसैगरी अमित सुवेदी र रोहन घिमिरे बैकल्पिकको रुपमा रहेका छन् ।
प्रशिक्षकमा रिजन प्रजु छन् । टोलीमा कास्की, बाग्लुङ, तनहुँ र स्याङजाका खेलाडी छन् । उनीहरुलाई पोखरा रंगशालामा प्रशिक्षण गराई छनोट गरिएको थियो । उनीलाई मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीका उपाध्यक्ष चन्द्रकुमार गुरुङ(जिम्मी)ले खादा लगाई विदाई गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…