
पोखरा(खेलाडी न्युज)- दिप युनाइटेड क्लवले पोखराको अम्मरसिंह खेल मैदानमा सम्पन्न प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।
बौद्ध शान्ति क्लव, पोेखरा रामघाटद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फाइनल खेलमा बि थर्टिन बाँझापाटनलाई १–० गोलले पराजित गर्दै दिप युनाइटेडले सो उपाधी आफ्नों नाम गराएको हो । दिपलाई उपाधि दिलाउन म्यान अफ द म्याच रुपेश क्षेत्रीले निर्णायक गोल गरे ।
उपाधी विजेता क्लवले नगद २ लाख २५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । त्यसैगरि दोश्रो स्थान हाँसिल गर्ने टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैया सहित शिल्ड मेडल प्रमाण पत्र पुरस्कार प्राप्त ग¥यो ।
प्रतियोगितामा दिप युनाइटेडका बुद्ध लामा सर्वोत्कृष्ट खेलाडी, दिपकै अजय तामाङ्ग उत्कृष्ट रक्षक, दिपकै वियजयसिंह महर्जन उत्कृष्ट गोलकिपर, दिपकै स्टेफन सर्वाधिक गोलकर्ता तथा बि थर्टिनका उत्तम गुरुङ्ग उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले जनही नगद पाँच पाँच हजारका साथमा ट्रफि पुरस्कार प्राप्त गरे ।
साँसद राजिव पहारी, नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नविन पुन, जंगबहादुर गुरुङ्ग, पोलेमनपा वडा नम्बर १३ का वडाध्यक्ष दर्शन लामा लगायतले विजयी खेलाडीहरुलाई एक समारोहका विच पुरस्कार वितरण गरे । क्लवका अध्यक्ष रोशन गुरुङ्गको अध्यक्षतामा सम्पन्न समारोह क्लवका सदस्य सुवास केसीले सञ्चालन गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…