
इलाम(खेलाडी न्युज) सिजनको पहिलो माईभ्याली गोल्डकपको उपाधिको लागि थ्रीस्टारले चिरपरिचित प्रतिस्पर्धी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग खेल्ने छ । थ्री स्टारले दोस्रो सेमिफाईनलमा शसस्त्र प्रहरी बल एपीएफलाई २-० गोलले पराजित गर्दै उपाधि यात्रा निकट पुगेको हो । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले गतवर्षको सर्वाधिक उपाधि विजेता आर्मीलाई पन्छाउँदै फाईनल यात्रा तय गरेको थियो ।
विमल घर्तीमगरको उच्च प्रदर्शनबाट प्रेरित भएपछि नेपाल एपिएफ क्लबलाई शनिबार २–० ले हराएँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । विमल र र मार्टिन्सकोे गोलमा थ्री स्टारले अन्तिम दुईको यात्रा तय गरेको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा विमलले गोल गरेका हुन् । विमलकै पासमा मार्टिन्सले खेल सकिन १ मिनेट बाँकी रहँदा गोल गरेका थिए । विमल खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । उपाधि भिडन्त भने सोमबार हुने छ ।
गत वर्ष आर्मीले सबैभन्दा बढी ७ र थ्री स्टारले ५ वटा मोफसलको नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…