
एजेन्सी-महत्वपूर्ण खेलमा दोस्रो रोजाईमा पर्दैआएका फ्रेन्च स्टार पाउल पोग्बाले म्यानचेष्टर युनाईटेडका प्रशिक्षक जोसे मोरिन्होसँग कुनै समस्या नरहेको बताएका छन् ।
२५ वर्षिय पोग्बाले ओल्ड टर्फोर्डमा पहिलो रोजाईको लाईनमा निकै कम खेलमा मात्रै देखिदैं आएका छन् । प्रशिक्षक मोरिन्होले पनि उनलाई यो सिजन मैदानमा उतार्न भने चासो खासै दिएका छैनन् । यद्यपी म्यानचेष्टर सिटीसँगको खेलमा भने उनकै नायकत्वमा युनाईटेडले जित निकालेको थियो । तर मारिन्होले उत्कृष्ठ प्रदर्शनको अपेक्षा गर्दै आएका छन् । गत सातामात्रै एफए कपको सेमिफाईनलमा युनाईटेडले टोटनह्याम हट्सपरमाथि जित निकाल्दा पोग्बा नायक बनेका थिए ।
राम्रो, एकदमै राम्रो । उनी प्रशिक्षक हुन् । म खेलाडी । उनले प्रशिक्षण गराउँछन् । मेरो काम खेल्ने हो । आईतबार आर्सनलको भ्रमण गर्ने तयारीमा रहेका उनले भने -म निकै खुशी छु । म टिमलाई केही दिन चाहन्छु । हामी फाईनलमा पुगेका छौं । यो सिजन निकै राम्रोसँग अन्त्य गर्न चाहन्छौै । अबको केही घण्टापछि युनाईटेडले आर्सनलसँग खेल्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…