
इलाम (खेलाडी न्युज) वर्षको पहिलो उपाधि रुस्लान थ्री स्टारले उचालेको छ । हिजो फाईनलमा अघिल्लो वर्षमा हरेक फाईनलमा नतमष्तक बनाएको लक्ष्मी हुन्डाई मनामनाङ–मस्र्याङ्दीलाई पराजित गर्दै थ्री स्टाले ईलाममा आयोजित माई भ्याली गोल्डकपको चौथो सस्कणको उपाधिसँगै वर्षको शुरुवात राम्रो गरेको छ । थ्री स्टारले उपाधि उचाल्ने मनाङ–मस्र्याङ्दीको चुनौतिलाई अतिरिक्त समयमा १-० गोलले पन्छाएको थियो ।
अघिल्लो सिजनको दोस्रो सर्वाधिक सफल टोली रुस्लान थ्री स्टार क्लबले बर्षको पहिलो उपाधिको रुपमा माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्दै घरेलु फुटबलमा आफनो उपस्थितिलाई दरिलो र मजबुत बनाएको छ । गत वर्ष आर्मी भन्दा कम उपाधि उचाल्दै पुनरामन गर्दै नकाउट फुटबलमो फेरी एकपटक आफनो इतिहासलाई दर्शक समक्ष प्रस्तुत गरिछा्डयो ।
इलामको ठुलो टुडिखेल मैदानमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा चिरपरिचित प्रतिद्धन्द्धी लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई अतिरिक्त समयमा सुनिल बलको निर्णायक गोल गरेपछि १–० ले वर्षको पहिलो उपाधि लेखायो । निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल अतिरक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा नै सुनिल बलले गोल गरेपछि थ्री स्टारले खेलमा अग्रता बनाएको थियो । अन्तत सुनिलको गोल नै थ्री स्टारलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो ।
यससँगै थ्री स्टारले मनाङमाथिको पछिल्लो सबै ६ भेटमा पराजित गर्न सफल बन्यो । त्यसमध्ये फाइनलमा पराजित गरेको यो तेस्रो पटक हो । थ्री स्टारले चैतमा बुटवलमा भएको मदन भण्डारी गोल्डकपमा र त्यसअघि इटहरी गोल्डकपको फाइनलमा मनाङलाई नै पराजित गर्दै च्याम्पियन बनेको थियो ।
उपाधिसँगै थ्री स्टारले ६ लाख ६६ हजार ६ सय ६६ हजार प्राप्त गर्यो । दोस्रो स्थानमा चित्त बुझाएको मनाङले ४ लाख रुपैया प्राप्त गर्यो । मनाङका कप्तान विराज महर्जन प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुदै स्कुटी प्राप्त गरे ।
थ्री स्टारले गतवर्ष मनाङलाई मदन भण्डारी इटहरी गोल्ड कप र बुटबलको मदन भण्डारी गोल्ड कप दुवैको फाइनलमा हराएको थियो । विराट गोल्ड कपको क्वार्टरफाइनल, तिलोत्तमा गोल्डकप र चितवनको विकास रनिङ शिल्डको सेमिफाइनलमा पनि थ्री स्टारले मनाङलाई पराजित गरेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…