
एजेन्सी-दोस्रो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा बराबरी खेलेपनि रियल मड्रिड च्याम्पियन्स लिगको फाईनलमा पुगेको छ । घरेलु मैदानमा कम ब्याक गर्दै बराबरीमा ल्याएको रियलले दोस्रो हाफमा लिएको अग्रतलाई जोगाउन सकेन् । खेल २-२ गोलको बराबरीमा रहँदा रियलले च्याम्पियन्स लिगको अन्तिम दुईमा प्रवेश गरेको हो । समग्रमा ४-३ गोलको नतिजा निस्कियो ।
सधै फ्लप हुदै आएको करीम बेन्जेमाले वार्यनसितको दोस्रो लेगमा भने चम्किए । उनैले दुई गोल गरेपछि रियलले बराबरी खेल्दै फाईनल सम्भव बनाए । दुई गोल गरेपछि स्पेनिस क्लब रियल युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार घरेलु मैदान सान्टियगो बर्नाबाउमा बायर्न म्युनिखलाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ को जितसहित रियल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो ।
खेलमा रियलले पहिलो गोल खाएको थियो । टोली सम्हालिन नपाउँदै तेस्रो मिनेटमा बायर्नका जोसुआ किमिचले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर करीम बेन्जेमाले ११ अौं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुवातमा बेन्जेमाले नै रियललाई अग्रता दिलाए । तर १५ मिनेटपछि बायर्नको लागि रियलका पूर्व खेलाडी हामेस रोड्रिग्वेजले खेल २-२ को स्थितिमा ल्याए ।
अन्तिम २० मिनेट वार्यनले रियलमाथि आक्रमणको रणनीति बुन्यो । रणनीति बुनेपनि गोलरक्षक नाभासले अफसल बनाईदिएपछि वार्यनको फाईनल पुग्ने सपना टुंगियो । बायर्नले अन्तिम २० मिनेट आक्रमणमा खेलाडी थपेपनि केलर नाभासलाई गोल गर्न सकेन । गोल रक्षक नाभासले लगातार उत्कृष्ट बचाउ गर्दै रियललाई फाइनल पुर्याउन महत्वपूर्ण भूमिका खेले । पहिलो लेगमा २-१ को हार बेहोरेको बायर्न सेमिफाइनलबाट बाहिरियो । रियलले लगातार तेस्रो उपाधिका लागि रोमा र लिभरपुलको विजेतासँग खेल्नेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…