
पोखरा(खेलाडी न्युज)-नेप्लिज इन्काउन्टर्स प्रालि र कास्की जिल्ला क्रिकेट संघ बीच सम्झौता गरिएको छ । आगामी जेठमा विद्यलायस्तरीय क्रिकेट प्रतियोगिताको लागि प्रालिले संघसँग सम्झौता गरेको हो । सम्झौता अनुसार संघलाई प्रालिले मुख्य प्रायोजन वापत नगद ५० हजार रुपैयाँ उपलब्ध गराउने छ । प्रालिको मुख्य प्रायोजन रहने गरी ‘नेप्लिज इन्काउन्टर्स विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता २०७५’ नाम दिईने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
अहिले १२ कक्षाको परीक्षा चलिरहेको छ । १२ कक्षाको परीक्षा सकिएपछि कास्की जिल्ला क्रिकेट संघले आगामी जेठमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रालिका प्रबन्ध निर्देशक नारायण पहारी र संघका अध्यक्ष सन्जयकान्त सिग्देल बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि प्रालिका प्रबन्ध निर्देशक पहारीले क्रिकेट विकासमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए । सम्झौता अनुसार विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको लागि संघलाई प्रालिले ५० हजार रुपैयाँ उपलब्ध गराउने छ ।
संघसँग यसअघि ओम डेभलपमेन्ट बैंकले सम्झौता गरेको थियो । सम्झौता अनुसार संघले ओम डेभलपमेन्ट बैंक के.सि.एल २०७५ गर्ने छ । शनिबारदेखि प्रतियोगिता शुरुहुने छ । राउण्ड रोबिनमा खेलाईने प्रतियोगितामा पाँच क्लबको सहभागिता रहेको संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…