
पोखरा(खेलाडी न्युज)—शनिबारदेखि शुरु हुने कास्की जिल्ला क्लबस्तरीय क्रिकेट प्रतियोगितालाई पोखरा राईनोजले सह प्रायोजन गरेको छ । ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगितालाई बिहीबार पोखरा राईनोजले सह प्रायोजन गर्ने सहमति जनाएको हो ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शनिबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा क्लबस्तरीय राउण्ड रोबिन क्रिकेट लिग प्रतियोगिता हुदैै छ । ‘ओम डेभलपमेन्ट बैंक के.सि.एल’ प्रतियोगितामा पाँच क्लबले सहभागिता जनाउने छन् । ४० ओभरको खेल हुने छ ।
पोखरा क्रिकेट क्लब, अरण्यज्योति, माछापुच्छ«े, सांग्रिला र पोखरा क्रिकेट एकेडेमीले सहभागिता जनाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पत्रकार सम्मेलन ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी खेलकुदको माध्यमबाट आर्थिक विकास हुने भन्दै क्रिकेटको विकास र विस्तारको लागि बैंकले सहकार्य गर्ने बताए ।
‘हामीले शुरुवात गरेका हौं’ उनले भने—‘अन्य बैंक तथा वित्तिय संस्थाले पनि चासो दिनेमा विश्वस्त छौं ।’ बैंककै मुख्य प्रायोजनमा कास्कीको क्रिकेट इतिहासमा पहिलो पटक राउण्ड रोबिनमा क्रिकेट लिग प्रतियोगिताको हुने छ । संघले राउण्ड रोबिनमा एक दिवसिय फरम्याटमा भने क्लबस्तरीय लिग भने नगरेपनि टी—२० प्रतियोगिता भने यसअघि आयोजना गरिसकेको छ ।
पोखराले २०६७ सालमा क्षेत्र नं ८ को मान्यता पाएको थियो । त्यसभन्दा अघि क्षेत्र नं ४ भैरहवा अन्तर्गत रहेर प्रतियोगिता खेल्नुपर्ने बाध्यता थियो । २०६५ सालमा पोखरा रंगशाला क्रिकेट मैदान निर्माणपछि प्रतियोगिताले निरन्तरता पाएको संघका अध्यक्ष सन्जयकान्त सिग्देलले बताए । उनका अनुसार २०६८ सालमा महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । २०६९ सालमा यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता, २०७० मा राष्ट्रिय महिला यु—१९ क्रिकेट प्रतियोगिता,२०७१ सालमा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । लिगमा पाँच क्लबले १४ जना खेलाडीलाई समावेश गर्न पाउने छ । खेलाडी घाईते भएको अवस्थामा थप खेलाडीलाई समावेश गर्न समेत सकिने प्रावधान छ ।
खेल तालिका सार्वजनिक—कास्की जिल्ला क्रिकेट संघले शनिबारदेखि हुने राउण्ड रोबिन क्रिकेट लिगको टाईसिट ड्र गरिएको छ । ड्र गरिएको तालिका अनुसार उदघाटन खेल पोखरा क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबसँग खेल्ने छ । आईतबार सांग्रिला क्रिकेट क्लबले पोखरा क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्ने छ । सोमबार बैशाख २४ गते भने खेल हुने छैन् । २५ गते भने अरण्यज्योति क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबसँग खेल्ने छ । २६ गते पोखरा क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबसँग खेल्ने खेल तालिका तय गरिएको छ ।
अध्यक्षको १५ बुदें कार्यपत्र—कास्कीको क्रिकेट विकासको लागि अध्यक्ष सन्जयकान्त सिग्देलले १५ बुदें कार्यपत्र समेत पेश गरेका छन् । उनले पोखरा रंगशालाभित्रको खेल मैदानको स्तरोन्नति गर्ने र शौचालय एवं पेभिलियनको संरचना निर्माण गर्ने लक्ष्य रहेको कार्यपत्रमा उल्लेख गरेका छन् ।पोखराको वडा नं ३३ पशुपतिघाटमा अन्तराष्ट्रियस्तरको मैदान निर्माण गर्न सम्बन्धीत निकायसँग छलफल समेत गर्ने जनाएका छन् ।
कार्यपत्रमा क्रिकेट एकेडेमी सञ्चालनलाई मुख्य प्राथमिकतामा राखेको छ । पोखरा क्रिकेट क्लबले अहिले क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएको छ । विद्यालयस्तरीय छात्रा तथा छात्र क्रिकेट प्रतियोगिता, जिल्लास्तरीय क्रिकेट प्रतियोगिता, अम्पायर तथा स्कोरर तालिम, बन्द प्रशिक्षण, आगन्तुक टोलीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता खेल्ने लगायतका बुदाँहरु कार्यपत्रमा समावेश गरिएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…