
पोखरा(खेलाडी न्युज)—मिलन फाउण्डेशन नेपालले नेपाल मोयाथाई किक बक्सिङ कास्कीलाई नगदसहित खेल सामाग्री हस्तान्तरण गरेको छ । फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ(मिलन)ले नगद ५० हजारसहित मोयाथाई खेल सामाग्री मोयाथाई किक बक्सिङका प्रमुख प्रशिक्षक दिपकबहादुर गोदारलाई हस्तान्तरण गरेका हुन् ।
जिल्ला खेलकुद विकास समितिका कास्कीका अध्यक्ष यामबहादुर गुरुङको पहलमा फाउण्डेशनले उक्त सामान हस्तान्तरण गरेका हुन् । संरक्षक हाल हङकङ निवासी हुन् । मोयाथाईको किक बक्सिङ खेलमा आवश्यक पर्ने किक प्याड हस्तान्तरण गरिएको हो । नगद सहयोग भने किक बक्सिङ पोशाकमा खर्च गरिने प्रमुख प्रशिक्षक गोदारले बताए ।
केही दिन अघि मात्रै मोयाथाईका खेलाडी विवेक कार्कीले खेल सामाग्री हस्तान्तरण गरेका थिए । मोयाथाईका खेलाडी कुमार थापाले कोरियाको सिओलमा रजत पदक, नारायण आचार्यले भियतनाममा कास्य पदक, विन्टर ओलम्पिक काजकिस्तानमा नवराज गुरुङ सहभागि भएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…