
पोखरा, (खेलाडी न्युज)—जनप्रिय मावि सिमलचौरकी सुष्मिता भट्टराईले दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो स्वर्ण पदक लगाउने सौभाग्य पाईन् । १५ सय मिटर छात्रा दौडमा उनले गौरीशंकर मावि हेमजाकी ओममाया फगामीलाई केवल ३० नानो सेकेण्डले पछि पार्दै स्वर्ण पदक जितिन् । उनले ५ मिनेट ५८ दशमलव ५ सेकेण्डमा पुरा गर्दा फगामीले भने कडा टक्कर दिदैं ५ मिनेट ५८ दशमलव ८ सेकेण्डमा पुरा गर्दै रजत पदकमा चिक्त बुझाईन् । टप्सकी रेष्मा तिवारीले भने ६ मिनेट २७ दशमलव ५ सेकेण्ड लगाउँदै १५ सय मिटर पार गरेर कास्य पदक जितिन् ।
पोखरा रंगशालामा शुक्रबारदेखि शुरु भएको दशौं सस्करणको विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको छात्र तर्फको पहिलो स्वर्ण भने गोगन मावि गगन गौंडाका स्माईल भण्डारीले स्वर्ण पदक जित्दै मुहारमा स्माईल ल्याउँदा विद्यालय परिवारमा पनि पहिलो स्वर्णले स्माईल बनायो । उनले १५ सय मिटर दौडमा ४ मिनेट ३३ दशमलव ७ सेकेण्डमा दौड पुरा गर्दै स्वर्ण पदक शीरमा भिर्न सफल भए । पोखरा मल्टिमोडल सृजनाचोकका कृष्ण गुरुङले रजत पदक जित्न ४ मिनेट ४७ दशमलव ३७ सेकेण्ड लगाए । भद्रकाली मावि कुँडहरका सुरेश विकले ५ मिनेट ०१ सेकेण्डमा दौड पुरा गरेर कास्य पदक जित्न सफल भए ।
विद्यालयस्तरदेखि नै खेलकुदको विकास गर्ने लक्ष्य अनुसार आयोजित राष्ट्रपति रनिङ शिल्डको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उदघाटन गर्दै खेलाडीको जन्म नै विद्यालयबाट शुरु हुने भएकोले अझ प्रतिस्पर्धात्मक हुनुपर्नेमा जोड दिए । उनले खेलकुद विकासमा बर्तमान चुनौतिलाई पन्छाउँदैअगाडि बढेको उल्लेख गर्दै पुर्वाधार विकासमा सरकारको दृढ संकल्प रहेको स्पष्ट पारे ।
‘१३ औं साग समयमै आयोजना गर्नुपर्छ । पुर्वाधार समयमै सक्नुपर्छ’ उनले भने—‘राष्ट्रिय अभिभारालाई समयमै गर्न सकिएन भने खेलकुद कमजोर बन्छ । त्यसैले पुर्वाधार निर्माण भोलिदेखि नै थाल्नुपर्छ ।’ प्रदेश सरकारको बजेटले पोखराको खेलकुद क्षेत्रलाई नछोएको अवस्थामा युवा तथा खेलकुद मन्त्री विश्वकर्माले पोखरालाई एडभेन्चर स्पोर्टस मार्फत पर्यटन पर्यटनमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । ‘आउँदो हप्तादेखि नै काम अगाडि बढाउने हेतुले योजना बनाएका छौं’ मन्त्री विश्वकर्माले भने—‘समयमै पुरा गर्न सकिएन भने साग गेम्स गर्न कठिनाई हुन्छ ।’
उदघाटन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पोखरालाई स्पोर्टस हब बनाउने भन्दै ६ महिनाभित्रमा पोखरा रगशालामा फटबल स्टेडियम बनाउने संकल्प गरे । ‘पुर्वाधार बनेन भने साग गेम्स हुदैन’ उनले भने—‘साग गेम्स गर्न कुनैपनि हालमा पुर्वाधार तयार गर्नुपर्ने दायित्व छ ।’ सदस्य सचिव विष्टले पोखरालाई ‘प्राक्टिस भेन्यु’को रुपमा विकास गर्ने भन्दै रंगशालाभित्र निर्माणाधिन स्क्वासलाई समेत बजेट छुट्टाइएको जिकिर गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षत्री, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल लगायतले विद्यालयस्तरीय प्रतियोगिताबाटै खेलाडीको पहिचान शुरु हुने बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङका अनुसार पाँचदिनसम्म चल्ने प्रतियोगितामा कास्कीका सरकारी तथा बोर्डिङ गरी ५१ विद्यालयको सहभािगता रहेको छ । एथलेटिक्स, भलिबल, मार्शल आर्ट लगायतका खेलहरुमा विद्यालयका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । पदक विजेताले पाउने अंकको आधारमा उत्कृष्ठ विद्यालयले रनिङशिल्ड प्राप्त गर्ने जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख प्रकाश बरालले बताए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…