
एजेन्सी अमेरिकन व्यवसायिक बास्केटबल खेलाडी लिर्बोन जेम्सले आफनो करियरको चौथो पटक ४० अंकको स्कोर बनाउँदै अर्को किर्तिमानी लेखाएका छन् । ४० अंकको स्कोरिंग गर्ने उनी एक्ला खेलाडी हुन् । गएको सिजनमा मात्रै उनले ४० स्कोर गर्दै १० स्कोरको लागि पास उपलब्ध गराएका थिए ।
जेम्सले नयाँ किर्तिमानी बनाउने क्रममा उनको क्लब क्लेभेल्याण्ड काभालियर्सले टोरोन्टो राप्टर्सलाई १२८-११० स्कोरले पराजित गरेको थियो । जेम्सले उक्त खेलमा ४३ अंकको बास्केट गर्दै किर्तिमानी बनाए । उनले त्यस खेलमा १४ अंकको लागि पास उपलब्ध गराएका थिए ।
उनको किर्तिमानको लागि साथीहरुसँग बयान गर्ने शब्द समेत नभएको उल्लेख गरिएको छ । एकै खेलमा सर्वाधिक स्कोर गर्ने किर्तिमानी भने जेम्स हार्डेनको नाममा छ । उनले डबल र त्रिपल प्वाइन्ट हान्दै एकै खेलमा ६० स्कोरिंग गरेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…