फराकिलो जितसँगै सांग्रिला क्रिकेट लिगको शीर्षस्थानमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २३ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा क्रिकेट एकेडेमीलाई सस्तैमा अलआउट गर्दै सांग्रिला क्रिकेट क्लबले दुई अंक जोड्दै ओम डेभलपमेन्ट बैंक के.सि.एलको शीर्षस्थानमा उक्लिएको छ । अनुभवी खेलाडी सामु मैदानमा उत्रिएको एकेडेमीले जोशिलो प्रदर्शन गर्दै २५ ओभर खेल्दै ७२ रन बनाई इनिङ टुग्याए । दुई खेलाडीले मात्रै दोहोरो अंकको रन बटुल्दा आठ व्याट्सम्यानको व्याटबाट भने खासै रन निस्किएन् ।
१९९ रनको लक्ष्य पछ्याएको एकेडेमीका विकास अधिकारीले १७ र इशान्त श्रेष्ठले १५ रन बनाए । अन्य व्याट्म्यान भने सस्तैमा पेभिलियन फर्किए । पुराना भरपर्दा खेलाडी शिव सुवेदीले एकेडेमीलाई सस्तैमा प्याक गर्ने क्रममा ५ ओभरमा १६ रन दिदैं महत्वपूर्ण पाँच विकेट खसाले ।सांग्रिलाका सुदिप पौडेलले पनि पाँच ओभरमा ९ रन दिदैं ३ विकेट लिए ।
टस हारेर हारेर व्याटिङको गर्न क्रिजमा छिरेको सांग्रिला क्रिकेट क्लबले २५ ओभरको खेलमा चार विकेट गुमाउँदै १९८ रन बनायो । शिव सुवेदीको अलराउण्डर प्रदर्शन गरेपछि पोखरा एकेडेमीलाई सांग्रिला क्रिकेट क्लबले १२६ रनले पराजित ग¥यो । राउण्ड रोविनको आधारमा खेलाईएको क्रिकेट लिगको दोस्रो दिन सांग्रिलाले दुई अंक जोड्ने क्रममा पोखरा क्रिकेट एकेडेमीलाई सस्तैमा प्याकअप गराउन शिव सुवेदीले पाँच विकेट लिए । उनले पाँच ओभर बलिङ गर्दै केवल १६ रन मात्रै खर्चिएका थिए ।
पिच पानीले भिजेपछि ढिलो गरी ओभर घटाईएको खेलमा सांग्रिला क्रिकेट क्लबले टस हार्दै फष्ट इनिङ व्याटिङ गरेको थियो । सांग्रिलाको लागि ठोस इनिङ एवं उत्कृष्ठ प्रदर्शन भने सुदिप पौडेलले गराए । अर्धशतक पुरा गर्दै सांग्रिलालाई स्पष्ट जित दिलाउन महत्वपूर्ण भूमिका खेले । उनले ५१ बल खेल्दै ६ चौका र ५ छक्काको सहयोगमा ७८ रन बनाए । शिव सुवेदीले पनि २१ बल खेल्दै ३ चौका र एक छक्का हान्दै ३० रनको योगदान गरे । सांग्रिलाको इनिङमा राजु खनालले पनि ४४ बलको सामना गर्दै ३७ रन बनाए ।
प्रेम गुरुङले ५ ओभरमा एक मेडन राख्दै ११ रन दिए । तर उनको नाममा केवल एक विकेट मात्रै लेखियो । अनिष खड्काले पनि ५ ओभर बलिङ गरेर ३८ रन खर्चिदैं २ विकेट लिए । अन्जनको नाममा एक विकेट रह्यो । पाँच विकेट लिएका सांग्रिलाका शिव सुवेदी पोखरा राईनोज म्यान अफ दि म्याचबाट पुरस्कृत भए । उनलाई कास्की जिल्ला क्रिकेट संघका सचिव दिपेन्द्रप्रताप चन्दले ट्रफी प्रदान गरे । सोमबार भने खेल हुने छैन् ।