
पोखरा(खेलाडी न्युज)-खेलकुद पत्रकार मन्च कास्कीले गर्दै आएको पोखरा स्पोर्टस अवार्डलाई बतास ब्रदर्शले साथ दिने भएको छ । आगामी जेठ १८ गते हुने स्पोर्टस अवार्डको उत्कृष्ठ दुई विधालाई ब्रदर्शले मोटरसाईकल र स्कुटर प्रदान गर्ने सम्झौता गरेको छ । आईतबार खेलकुद पत्रकार मन्च कास्कीका अध्यक्ष केशव पाठक र बतास ब्रदर्शका निर्देशक विपिनराज बतास बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । मन्च र ब्रदर्श बीचको सेतुको काम भने पश्चिमाञ्चल क्षेत्रीय खेकलुद विकास समितिका अध्यक्ष खगराज पौडेलले गरेका थिए ।
स्पोर्टस अवार्डमा उत्कृष्ठ वर्ष पुरुष तथा महिला खेलाडीलाई मोटरसाईकल र स्कुटर प्रदान गरिने छ । तर खेलाडीले भने मोटरसाईकलको कर स्वरुप २० प्रतिशत रकम भने तिर्नुपर्ने छ । सम्झौता अनुसार टिभिएस खेलाडीलाई कम्पनीको टिभिएस मोटरसाईकल÷स्कुटर प्रदान गरिने छ । बतास गण्डकी र धौलागिरीको टिभिएस मोटरसाईकलको आधिकारीक विक्रेता हो ।
उत्कृष्ट वर्ष खेलाडी पुरुष तथा महिला, उत्कृष्ठ उदयीमान खेलाडी, उत्कृष्ठ प्रशिक्षक, उत्कृष्ठ पत्रकार, उत्कृष्ठ संघ र लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । यसअघि दुई सस्करण सम्पन्न भईसकेका छन् । अवार्डको तेस्रो सस्करणमा आईपुग्दा बतास ब्रदर्शले सम्झौता गर्दै ‘टिभिएस पोखरा स्पोर्टस अवार्ड’ गर्ने तयारी बढाईएको छ । उत्कृष्ठ पत्रकार पुरस्कार भने यो वर्ष थप गरिएको विधा हो । उदयीमान, प्रशिक्षक, पत्रकार र संघलाई सम्मानसँगै नगद १५ हजार प्रदान गरिने मन्चका उपाध्यक्ष दिननाथ बरालले बताए ।
पहिलो सस्करणमा वर्ष खेलाडी पुरुषबाट फुटबलका हेमन्त गुरुङ.र महिला खेलाडी भलिबलकी मन्जु गुरुङले जितेकी थिईन् । दोस्रो सस्करणमा लन टेनिसका कुमार अधिकारी र महिला तर्फ भलिबलकी अरुणा शाहीले अवार्ड प्राप्त गरेका थिए । दुवै सस्करण भने विवादरहित बन्न सकेन् । तर अहिले भने पुराना कमिकमजोरीलाई अन्त्य गर्दै सबैको विश्वास जित्ने मन्चका अध्यक्ष केशव पाठकले लिएका छन् । मन्चले एकसाताभित्रमा खेलाडीहरुको मनोनयन सार्वजनिक गर्ने तयारी गरेको छ ।
सम्झौतापछि बोल्दै बतास ब्रदर्शका निर्देशक विपिनराज बतासले स्पोर्टस अवार्डमा जोडिन पाउँदा खुशी लागेको बताए । क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलकुद क्षेत्रमा बतास ब्रदर्शले गरेको सहकार्य उदाहरणीय भएको उल्लेख गरे । अवार्डको लागि मन्चले विभिन्न समिति तथा उपसमिति बनाई आवश्यक डकुमेन्ट संकलन कार्यमा जुटेको छ ।
२०७४ सालमा उत्कृष्ठ प्रदर्शन गरेर पदक विजेता कास्कीका खेलाडीले वर्ष खेलाडीबाट सम्मानित हुने छन् । प्रशिक्षकको हकमा पनि उत्कृष्ठ प्रशिक्षक भने वर्षदिनमा गरेको प्रदर्शनको आधारमा छनोट गरिने । संघले वर्षदिनसम्म गरेको गतिविधिको आधारमा संघ छनोट गरिने छ भने पोखराको खेलकुद विकासमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वलाई लाईफ टाईम अचिभमेन्ट अवार्डबाट पुरस्कृत गरिने मन्चले जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…