
एजेन्सी– स्पेनिस ला लिगको उपाधिबाट विमुख भएको पीडालाई रियलमड्रिडले च्याम्पियन्स लिगको उपाधि उचाल्दै विर्सिएको छ । ला लिगमा तेस्रो स्थानमा चिक्त बुझाएको रियलले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि उचाल्दै ह्याट्रिक गर्यो ।
रियलले २०१६, ०१७ र ०१८ मा लगातार च्याम्पियन्स लिग जित्दै किर्तिमानी बनाँउदा सर्वाधिक उपाधि जित्ने टोलीमा आफुलाई अझै अब्बल बनाएको छ । रियलले योसँगै उपाधि १३ औं पटक जितेको हो । रियलले उपाधि उचाल्न बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ग्यारेथ बेल नायक बने । रियलले सधैं दोस्रो रोजाईबाट मैदान छिर्ने बेलले हिजो लिभरपुलसँगको च्याम्पियन्स लिगको फाईनलमा पनि दोस्रो हाफमा मैदान छिर्दै उपाधिको हकदारसम्म बनाए । उनकै प्रेरणादायी गोलमा रियलले लिभरपुललाई ३(१ गोलले पन्छाउँदै उपाधि उचाल्न योग्य बन्यो । युक्रेनको राजधानी किएभमा भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै रियल मड्रिडले उपाधि जितेको हो ।
फुटबल घम्साघम्सीको खेल हो । त्यसैले खेलाडी कतिबेला घाईते हुदैं मैदान छाड्छन यकिन हुदैन् । हिजो लिभरपुललाई त्यस्तै भयो । भरपर्दा खेलाडी मोहम्मद सलाह चोटका कारण खेलको आधा घण्टामा नै मैदानबाट बाहिरिए । उनले काँधको चोट बोक्दै बाहिरिदाँ दर्शक निराश बने । उनी आफु स्वयं आखाँभरी आसँु निकाल्दै मैदानबाट बाहिरिए । त्यो पीडादायी अवस्थामा लिभरपुललाई रियलले दोस्रो हाफमा दबाव दियो । पहिलो हाफमा सर्जियो रामोससँग जुधेपछि काँधमा चोट बोक्दै ३० औं मिनेटमा सलाहले मैदान छाडेका थिए ।
लिभरपुलका गोलकिपर क्यारिसको सिल्ली गल्तीमा च्याम्पियन्स लिगको उपाधिबाट टाढिएको थियो । क्यारियसले हातले पास दिने क्रममा बेन्जेमाले उनको पासलाई ब्लक गर्दै ५० औँ मिनेटमा उत्कृष्ट गोल गरे । जसका कारण रियलले एक गोलको अग्रता बनायो । ५५ औँ मिनेटमा लिभरपुलले गरेको गोलमा खेल एक–एक को बराबरीमा पुग्यो । लोभ्रेनको हेडपासमा मानेले गोल गरे ।
विश्वकप नजिकिँदै गर्दा इन्जिप्टका स्ट्राइकर सलाहले बाहिरिने क्रममा आँसु थाम्न सकेनन् । ४२ औं मिनेटमा बेन्जेमाले गोल गरेपनि रेफ्रीले अफसाइड दिए । रोनाल्डोको हेडरलाई लिभरपुलका गोलकिपर क्यारिसले रोकेपछि रिबाउन्डमा बेन्जेमाको प्रहार अफसाइड भयो । खेलको ३६ औं मिनेटमा रियलका फुल ब्याक ड्यानी कार्बाहाल पनि चोट बोक्दै बाहिरिए । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा चार गोल भए । जसमा लिभरपुलका गोलकिपरले दुई पटक ठूलो गल्ती गर्दा रियल च्याम्पियन बन्यो ।
दोस्रो हाफमा इस्कोको स्थानमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले ६३ औं मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए। लिभरपुलका लागि मानेले ७० औं मिनेटमा गोल गर्ने प्रयास गरे पनि उनको प्रहार फार पोस्टमा लाग्दै बाहिरियो । लिभरपुलले फेरि क्यारियासको गल्तीमा ८३ औं मिनेटमा अर्को गोलको सामना गर्यो ।
बेलले करिब ३५ मिनेटमा गरेको प्रहारलाई क्यारियसले हातबाट फुत्काएपछि रियलको जित निश्चित भयो । रियलले उपाधि जित्दा उसका प्रशिक्षक जिनेदिन जिदानलाई विश्वका उत्कृष्ट प्रशिक्षकको सूचिमा राखेको छ ।
उनले लिभरपुलका बोब पेइस्ले र रियालका पूर्व म्यानेजर कार्लो एन्सेलोटिसँग बराबरी पनि गरेका छन् । तर च्याम्पियन्स लिगको उपाधि लगातार तीन पटक जित्दा उनको सफलता एक स्थान माथि पुगेको छ । जिदानको प्रशिक्षणको शैली र खेलाडीलाई सम्हाल्ने तरिकाका बारेमा धेरै आलोचना पनि गरिँदै आएको छ । तर ती सबै आलोचनालाई उनले बन्द गरेका छन् । फ्रान्सेली प्रशिक्षक जिदानले रियल सम्हालेदेखि रियलले महत्वपूर्ण उपाधि उचाल्दै आएको छ । स्पेनिस ला लिगबाट विमुख भएपनि च्याम्पियन्स लिगको उपाधि उचाल्दै आलोचकको मुख भने जिदानले बन्द गरिदिएका छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…