विमला र कमल पोखरा वर्ष खेलाडी घोषित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १८ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-सितेरियो कराँतेकी विमला नेपालीले वर्ष उत्कृष्ट खेलाडी महिलाको उपाधि जित्दा पुरुष वर्ष खेलाडीबाट शारीरिक सुगठन संघका खेलाडी कमलबहादुर भण्डारी घोषित भए । उनीहरु दुवैले तेस्रो संस्करणको उपाधिसँगै टिभिएसको विगो स्कुटर र अपाचे मोटरसाईकल पुरस्कार स्वरुप पाए । वर्ष उत्कृष्ट खेल पर्यटन पत्रकारिता पुरस्कारबाट भने नागरिककर्मी सन्तोष पोखरेल सम्मानित भएका छन् । पोखरेल नागरिक दैनिक पोखराका व्युरोप्रमुख हुन् । नागरिक दैनिकमा स्थापनाकालदेखि नै पोखरामा रहेर पर्यटन र खेलकुद क्षेत्रमा कलम चलाउँदै आएका छन् ।

खेलकुद पत्रकार मन्च कास्कीद्वारा आयोजित तेस्रो टिभिएस पोखरा स्पोर्टस अवार्डमा शुक्रबारको ग्राण्ड फिनालेमा सितेरियो कराँतेकी विमलासँगै वर्ष खेलाडी महिलाको मनोनयनमा आर्चरीकी केशरी आलेमगर र हकीकी कमलदेवी(कमला)पुन थिए । त्यसैगरी पुरुष तर्फको इभेण्टमा क्रिकेटका करण केसी र र्आचरीकै तिलक पुन मगर मनोनयनमा थिए । वर्ष खेलाडी घोषित दुवैलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवाल, बतास ब्रदर्श पोखराका निर्देशक मेनेजर प्रमेश पराजुली, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले लगायतले पुरस्कार प्रदान गरेका थिए ।

भर्खरै १२ कक्षामा अध्ययनरत विमलाको नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकद प्रतियोगितामामा स्वर्ण जित्ने धोको छ । गतवर्ष उनले सोतोकान कराँते एशोसियसन अफ इण्डिया(एसएकेआई) अन्तराष्ट्रिय च्याम्पियनसिपमाा एकल कातामा १८ वर्ष उमेरमुनिको प्रतियोगितामा दुई स्वर्ण स्वर्ण जितेकी थिईन् । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको राखेप च्याम्पियनसिपमा उनले रजत पदक जितेकी थिईन् ।

कमलले भने दक्षिण कोरियामा शारीरिक सुगठन च्याम्पियनसिपमा आफनो तौल समूह ५५ केजीमा कास्य पदक जितेका थिए । कास्कीबाट अन्तराष्ट्रिय पदक जित्ने उनी दोस्रो खेलाडी हुन् । पहिलो अन्तराष्ट्रिय पदक जित्ने खेलाडी जीवन घिमिरे हुन् । कमलपछि अन्तराष्ट्रिय पदक जित्ने अर्का खेलाडी भने सुरेश गुरुङ हुन् । सुरेशले पाकिस्तानमा भएको शारीरिक सुगठन च्याम्पियनसिपमा ५५ केजी तौलमा कास्य पदक जितेका थिए ।

उदीयमान खेलाडीबाट क्रिकेटका मेखबहादुर सेन घोषित भए । उनले थाइल्याण्डमा एसिसी ईलाइट कप यु १६ मा नेपालले उपाधि जित्दा महत्वपूर्ण सदस्यको रुपमा थिए । उत्कृष्ट प्रशिक्षकबाट शारीरिक सुगठनका प्रशिक्षक जीवन घिमिरे सम्मानित भएका छन् । उनले सम्मानसहित नगद १५ हजार पुरस्कार स्वरुप प्राप्त गरे । उत्कृष्ट संघबाट कास्की जिल्ला व्याडमिन्टन संघ पुरस्कृत हुदाँ पोखराको खेलकुदमा अतुलनीय योगदान पु¥याई हकी, क्रिकेट र टेनिसको जग बसाल्ने प्रा. डा विरेन्द्र सिंह गुरुङलाई लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो ।

खेलकुद पत्रकार मन्च कास्कीले आयोजना गरेको तेस्रो टिभिएस पोखरा स्पोर्टस अवार्डमा कार्यक्रममा गीत संगीतको माध्यमबाट खेलकुद क्षेत्रको प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै गायक विनोद बानियाँलाई सम्मान गरिएको थियो । केन्पोकाई कराँतेका प्रशिक्षक हरि खड्का लगायतको टिमले डेमोष्ट्रेसन, इण्डोनेसियामा एशियाड खेल्ने बन्द प्रशिक्षणमा रहेको खेलाडीद्वय चन्चला दनुवार र परशुराम बास्तोलाले काता प्रस्तुत गरेका थिए । त्यसैगरी हिमाली साँस्कृतिक परिवारले नृत्य प्रस्तुत गरेका थिए । गायक यश कुमारले गीत संगीत प्रस्तुत गर्दा जक्सन फिटनेस क्लबले जुम्बा डान्स समेत प्रदर्शन गरेको थियो ।