आज अन्नपूर्ण म्याराथन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १९ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-जून ३ । आजअन्नपुर्ण दिवस । यही दिवसको अवसरमा अन्नपुर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथन गर्दै छ । ७० जना धावक अन्नपुर्ण आधार शिविर पुगिसकेका छन् । आधारशिविर ४१३०मिटरको उचाईबाट धावकहरु दौडेर घान्द्रुकमा आईपुग्ने छन् । घान्द्रुकमा पुगेर ४१.१९५ किलोमिटरको दुरी पुरा गर्ने छन् । विजेता धावकले १ लाख र उपविजेताले ७० हजार पाउने छन् । तेस्रोले ५० हजार पाउने छन् । अन्तिम दशस्थानसम्म आउने धावकलाई नगदबाट सम्मानित गरिने अन्नपुर्ण सेन्चुरी पर्यटन समितिले जनाएको छ । सहभागि मध्ये पाँच जना धावक भने एभरेष्ट म्याराथनमा दौडिसकेका छन् ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले आगामी वर्षपनि अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिने प्रतिबद्धता गरिसकेका छन् । महोत्सवमा सञ्चालित खेलकूद अन्तर्गतका कार्यक्रमहरु महिला भलिवल÷बास्केटबल, पुरुष बास्केट बल÷भलिवल सञ्चालन भैरहेका छन् । अन्नपूर्ण आधारशिविरको पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धन गर्न गत असोज २५ गते अन्नपूर्ण आधारशिविरमा प्रथम चरणको कार्यक्रम सम्पन्न गरिएको थियो भने दोस्रो चरण अन्तर्गत गत पुस १० देखि १५ गतेसम्म तमु ल्होसार विशेष कार्यक्रमसहित छोम्रोङमा सम्पन्न भएको थियो ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव अन्तर्गत तेस्रो वा अन्तिम चरणको दास्रो दिन महोत्वसका सहयोगी संघसंस्थाहरुलाई सम्मान गरिएको छ । कार्यक्रमा महोत्सवमा आर्थिक तथा भौतिक सहयोग गर्ने विभिन्न होटल व्यवसायी, महोत्सवका प्रवद्र्धक एवं अन्य सहयोगी व्यक्ति तथा प्रतिष्ठानलाई सम्मान गरिएको थियो । अन्नपूर्ण आधारशिविरको पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आयोजित कायक्रममा महोत्सवका सहयोगी संघसंस्थाहरुलाई सम्मान गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेलले पदयात्रा मार्गको विकल्प खोज्न तर्फ सबै जुट्नुपर्नेमा स्पष्ट पारे ।

अन्नपूर्ण पदयात्रा मार्ग निर्माण गरिएको मोटरबाटोका कारण पदयात्रा मार्गको विकल्प खोज्नुपर्ने आवश्यकता औंल्याएका छन् । अन्नपुर्ण संरक्षण क्षेत्रका पदयात्रा मार्ग मोटरबाटोले विक्षप्ति बनाईसकेको भन्दै उनले पदयात्रा पर्यटन संरक्षण र प्रवद्र्धन गर्न बैकल्पिक मार्ग खोज्नुपर्नेमा जोड दिए । ‘पदयात्रा मार्गमा मोटरबाटोले धुलाम्मे बनाएको छ । त्यसको विकल्प खोज्नु जरुरी छ ।’ उनले भने—‘मोटरबाटोले हरेक क्षेत्रको पदयात्रा पर्यटन नै जोखिममा पर्दै गएका छन् ।’

अन्नपूर्ण पदयात्रा मार्गको विकास विस्तारका लागि नयाँ ढंगले अघि बढ्न लागिएको जानकारी दिए । उनले सबै मौसमा पर्यटन भन्ने अवधारणा विस्तार साकार र सफल बनाउनुपर्ने खाँचो औल्याए । टान पश्चिमाञ्चल क्षेत्रीय समितिका अध्यक्ष दिपकराज अधिकारले पदयात्रा मार्गमा खोलिएको मोटरबाटोको विकल्पमा नयाँ पदयात्रा मार्गको खोजी गर्न टानले आवश्यक गृहकार्य गरिरहेको बताए । File  Photo