
पोखरा(खेलाडी न्युज)-अन्नपूर्ण म्याराथनको उपाधिमा नेपाल आर्मी क्लबका धावकले बर्चस्व कायम राखेका छन् । ४१३० मिटरको उचाई अन्नपूर्ण आधार शिविरबाट शुरु भएको म्याराथन घान्द्रुकमा आएर टुंगिदाँ नेपाली सेनाका हरिकुमार रिमालले उपाधि रक्षा गरे । उनले ४ घण्टा १६ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै उपाधिसहित नगद एक लाख रुपैयाँ पुरस्कार थापे । उनी गत फागुनमा पोखरा रंगशालामा आयोजित १२ औं सस्करणको सफल पोखरा म्याराथनका उपविजेता समेत हुन् ।
आर्मीकै पूर्ण तामाङ दोस्रो स्थानमा चिक्त बुझाए । केवल १ मिनेटको फरकले उनी उपविजेता बन्दै नगद ७० हजार पुरस्कारको हकदार बने । उनले दुरीलाई भने ४ घण्टा १७ मिनेट ४२ सेकेण्डमा पुरा गरेका थिए । आर्मीकै होमलाल श्रेष्ठ तेस्रो स्थानमा आईपुगे । उनले ४२.१९५ किलोमिटरको दुरीलाई ४ घण्टा २० मिनेट ३८ सेकेण्डको समय लगाउँदै नगद ५० हजार रुपैयाँ पाए । चौथो स्थानमा पनि आर्मीकै रुपबहादुर बुढाले ओगटे । उनले ४ घण्टा २५ मिनेट ४१ सेकेण्डको समयमा दौड पुरा गर्दै चौथो स्थानमा आफुलाई उभ्याए ।
पोखरा रंगशालामा आयोजित सफल म्याराथन च्याम्पियन भूमिराज राई भने उत्कृष्ठ दशभित्र चिक्त बुझाएका छन् । म्याराथनमा दशभित्र भूमिराज राई, अनिलकुमार वाईवा, दुर्गाबहादुर बुढामगर, रुपलाल बुढामगर, शेरबहादुर थारु र दामोदर बुढामगर रहेका छन् । म्याराथनका कान्छा धावक १६ वर्षिय अनिल गुरुङ भने ११ औं स्थानमा आए । अन्नपुर्ण आधार शिविरबाट शुरु भएको दौड माछापुच्छ«े आधारशिविर, देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भैसेखर्क हुदैं घान्द्रुक आएर टुंगिएको थियो । म्याराथनमा विभिन्न जिल्लाका ७० धावक सहभागि थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…