
पोखरा(खेलाडी न्युज)-राष्ट्रिय खेलकुद परिषदले भने सागलाई लक्षित गर्दै टेनिस भने पुर्वाधार निर्माण प्रक्रिया अगाडि बढाएको छ । कोर्ट थपिएपछि पोखरा रंगशालाभित्रको टेनिस कोर्ट अन्तराष्ट्रियस्तरको हुने छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार ६ क्ले कोर्ट अनिवार्य मानिन्छ । त्यसै अनुरुप निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदले कोर्टसहित आवश्यक पुर्वाधार बनाउन ठेक्का सम्झौताको लागि कम्पनीलाई आशयपत्र पठाएको छ । पोखरा रंगशालाभित्र पाँच क्ले कोर्ट र अफिस एवं प्यारापिट समेत बनाईसकिएको छ ।
परिषदले २ करोड ३३ लाखको लागतमा हार्ड कोर्ट, क्ले कोर्ट, प्यारापिट, चेन्जिङ रुम दुईवटा, सावर, शौचालय, फिडव्याक रुम तथा स्टोर कोठा निर्माण गर्ने जनाएको छ । निर्माणको ठेक्का काठमाडौं जोरपाटीस्थित आर एण्ड सी विल्डर्सलाई परेको छ । ठेक्का सम्झौतापछि काम शुरु हुने कास्की जिल्ला लन टेनिस संघले जनाएको छ ।
विदेशमा हार्डकोर्टमा प्रतियोगिता सञ्चालन हुन्छ । क्ले कोर्टमा खेलेका खेलाडीले हार्डकोर्टमा खेल्न कठिनाई हुने भन्दै संघका अध्यक्ष कायस्थले विदेशमा हार्डकोर्टमा प्रतियोगिता खेल्न जाने खेलाडीलाई प्रशिक्षण दिन सहज हुने विश्वास व्यक्त गरे । संघकै पहलमा पोखरा रंगशालाभित्रको १८ रोपनी क्षेत्रफलमा एक करोड भन्दा बढीको लागतमा पाँच वटा क्ले कोर्ट र अफिस भवन निर्माण गरिएको छ । कोर्ट बनाउने विभिन्न संघसंस्थाले सहयोग समेत गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…