
पोखरा(खेलाडी न्युज)-नुवाकोट गोल्डकपबाट बाहिरिएको कास्की जिल्ला फुटबल संघको टोली कास्की ११ सर्लाही प्रस्थान गरेको छ । सर्लाहीमा आयोजित लालबन्दी गोल्डकपमा सहभागि हुन टिम सर्लाही प्रस्थान गरेको कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले जनाएका छन् ।
समूह बीमा रहेको कास्कीले यही जेठ २९ गते रुस्लान थ्री स्टारसँग खेल्ने छ । सर्लाही जिल्ला फुटबल संघ र लालबन्दी नगरपालिकाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेका हुन् । लायन्स क्लब अफ लालबन्दी सिटी सह–आयोजक रहेको प्रतियोगिता जेठ २४ गतेदेखि सुरु भई असार २ गतेसम्म चल्ने सर्लाही जिल्ला फुटबल संघका महासचिव उज्वल कार्कीले जानकारी दिए ।
प्रतियोगितामा सर्लाहीको एक सहित जम्मा १० टिमले सहभागिता जनाउने छन् । थ्रीस्टार, कास्की ११, नेपाल पुलिस, एपिएफ, विजय युथ क्लब हेटौडा, झापा ११, रुपन्देही ११, सर्लाही ११ र दार्जिलिङ ११ गरी १० क्लबको टुंगो लागेको छ । प्रतियोगिताका विजेतालाई ७ लाख र उपबिजेतालाई ३ लाख ५० हजार रुपैयाँ, उदीयमान खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष ठाकुर बहादुर सुसलिङले बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…