शनिबार २५ किलोमिटर पोखरा ट्रेल रेसको तेस्रो संस्करण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २५ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा टे«ल रेसको तेस्रो संस्करण आज शनिबार शुरु हुदैं छ । २५ किलोमिटर दौडको ट्रेल रेस शनिबार पोखराको मालेपाटनबाट शुरु हुने छ । मालेपाटनस्थित मनकामना मन्दिरबाट शुरु भई दौड सराङकोटको मेथ्लाङ, ग्यारजाती, कास्कीकोट, गुन्टेचौर, तोरीपानी सराङकोट, रातोमाटो डाडाँ हुदैं मनकामना मन्दिरमा पुगेर टुगिने छ ।

२५ किलोमिटरको ट्रेल रेस ६ इभेण्टमा हुने छ । महिला तथा पुरुष सिनियर, विदेशी महिला तथा पुरुष र यु १८ महिला तथा पुरुषको इभेण्ट गरिने छ । ट्रेल रेससँगै ७ किलोमिटर दौड समेत आयोजना गरिने छ । ७ किलोमिटरमा यु १६ का खेलाडी र भेट्रान्सले प्रतिस्पर्धा गर्ने उनको भनाई थियो । यस विधाका विजेताले नगद ३ हजार पाउँने छन् । भेट्रान्स विजेताले भने गिफ्ट पाउने छन् ।

विशेष गरी रेससँगै स्पोर्टस टुरिज्मको प्रवद्र्धन गर्ने उद्देश्यले तीन तीन महिनाको फरकमा रेस आयोजना गरिने पोखरा ट्रेल रेस सिरिजका अध्यक्ष गुरुङले बताए । ‘हाम्रो उद्देश्य स्पोर्टस टुरिज्म प्रवद्र्धनसँगै हराउँदै गएका पदमार्गलाई संरक्षण र सम्बद्र्धन गर्नु हो ।’ उनको भनाई थियो । रेसमा ६ विदेशीको सहभागिता रहने छ । फ्रान्स, अष्ट्रेलिया, दक्षिण कोरिया, लाटभिया, स्कटल्याण्ड र इग्ल्याण्डका धावकले सहभागिता जनाउने छन् ।

रेसमा कास्की, लम्जुङ, सिन्धुपाल्चोक, प्युठान, गोरखा, पर्वत, स्याङजा, काठमाडौं, ललितपुर, झापा, दाङ लगायतका िजिल्लासँगै विभागीय टोली नेपाल पुलिस र नेपाली सेनाका धावकहरुको पनि सहभागिता रहेको छ । २ सय धावकले सहभागिता जनाउने अपेक्षा गरिएको छ । पहिलो संस्करणमा ९७ जना धावकले प्रतिस्पर्धा गरेका थिए । रेसको लागि साढे दुईलाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

महिला तथा पुरुष धावक विजेता नगद १० हजार पाउने छ । उपविजेताले ५ हजार र तेस्रो स्थानमा रहने धावक दुवैले २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाउने छन् । ट्रेल रेस पुरा गरेवापत धावकले १ अंक समेत प्राप्त गर्नेछ । चार अंक प्राप्त गरेको अवस्थामा ट्रेल रेसको अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउने पाउने पोखरा ट्रेल रेस सिरिजका अध्यक्ष विकास गुरुङले बताए । चार अंक प्राप्त गरेको अवस्थामा ट्रेल रेसको अन्तिम प्रतिस्पर्धामा सहभागितासँगै विजेताले नगद एकलाख रुपैयाँ पाउने मात्रै नभई अन्तराष्ट्रिय ट्रेल रेसमा समेत सहभागिता जनाउन पाउने जानकारी दिए । ट्रेल रेसका ग्राण्ड फिनाले भने आगामी असोजमा गरिने छ । उनका अनुसार ट्रेल रेसको अन्तिम सस्करणमा उपविजेता हुनेले ५० हजार र तेस्रो हुनेले नगद २५ हजारसहित ट्रफीको हकदार हुने छन् ।