
पोखरा(खेलाडी न्युज) -जिल्ला खेलकुद विकास समिति कास्की उत्कृष्ठ जिल्ला संघमा दोस्रो हुदैं पुरस्कृत भएको छ । पुरस्कार स्वरुप कास्कीले नगद २ लाख रुपैयाँ पाएको छ । राष्ट्रिय खेलकुद परिषदले पुर्वाधार निर्माण र खेलकुल गतिविधि सञ्चालनमा कास्की दोस्रो बन्न सफल भएको हो । उत्कृष्ट जिल्लाबाट झापा पुरस्कृतहुदैं नगद ३ लाख रुपैयाँ प्राप्त गरेको छ ।
पाँच बिकास क्षेत्रका खेलकुद बिकास समितीका अध्यक्ष र ७७ वटै जिल्ला खेलकुद बिकास समितीको भेलामा उत्कृष्ट भएको कास्की जिल्लालाई यूवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा र सदस्य सचिब केशब कुमार विष्ट लगायतले कास्की जिल्ला खेलकुद बिकास समितीको अध्यक्ष यामबहादुर गुरुङलाई नगद, मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका थिए ।
स्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले पुरुस्कार बाट प्राप्त २ लाख नगद खेलकुद गतिविधीमा नै खर्च गर्ने बताए । उनले कास्कीमा पूर्वाधार बिकासमा धेरै कामहरु भएको बताए । उनले जिल्ला खेलकुद विकास समितिले वितरण गरेको वर्ष उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई नगदसहित सम्मान गर्ने समेत जानकारी दिए ।
जिल्लामा कैलालीले तेश्रो स्थान प्राप्त गर्दै १ लाख र मकवानपुर तथा कपिलबस्तुले सान्त्वना स्थान प्राप्त गर्दै समान २५ हजार नगद पाएका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…