
एजेन्सी-अग्रता लिएको चार मिनेटमै बराबरी गोल गरेपछि आईसल्याण्डले अर्जेन्टिना सितको विश्वकपमा पहिलो भेट अविस्मरणीय बनाएको छ ।
सर्जियो अगुईरोले लेफ्ट फुटेट किक फष्टबार हुदैं जाली चुमेपछि १९ औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । जाभियर मासेरानोको पासमा डिबक्सभित्रबाट अगुईरोले गोल गरेका थिए । तर चार मिनेटमै आईसल्याण्डले बराबरी गोल फर्काउँदै अर्जेन्टिनामाथि दबाव राख्दै बलियो चुनौति तेर्सायो । २३ औं मिनेटमा अल्फेड फिनाबोगासनले गोल गर्दै बराबरीमा ल्याए । बलमाथिको नियन्त्रण पूर्ण रुपमा अर्जेन्टिनाले राख्यो ।
विश्वकपमै निकै कठिन रुपमा छनोट पार गरेको अर्जेन्टिनाले पहिलो हाफसम्म आईसल्याण्डको डिफेन्स तोड्न निकै मेहनत गरिरहेको छ । यद्यपी पहिलो हाफ टुंगिदाँ दुवैले एक एक गोलको बराबरी खेलेका छन् । अर्जेन्टिनाले एकपछि अर्को गोलको मुभ बनाएपनि आईसल्याण्डका डिफेन्सले विफल पार्न व्यस्त बनिरहे । अर्जेन्टिनाले ४–२–३–१ र आईसल्याण्डले ४–४–१–१ को रणनीतिमा खेलिरहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…