
पोखरा(खेलाडी न्युज)-शसस्त्र प्रहरी बलले पोखराको भलिबल कोर्टमा शिवम न्यु डायमण्डलाई फेरी एक पटक पराजित गर्दै भलिबलमा आफनो गरिमालाई जोगाईराखेको छ ।
न्यु डायमण्डले दुई सेट आफनो पक्षमा पार्दै अगाडि बढ्यो । न्यू डायमण्डले पहिलो सेट २५–१७ र दोश्रो सेट २५–२० स्कोरले लिदैं निर्णायक सेट जित्ने अभियानमा अग्रसर रह्यो । तर सरस्वती चौधरीको प्रेरणादायी खेलमा शसस्त्र प्रहरी बलले २५–२० र चौथो सेट २५–१६ र अन्तिम सेट १५–१३ को जित्दै न्यु डायमण्डलाई कमजोर नै रहेको सावित गराई छाड्यो ।
ओलिम्पिक दिवसको अवसरमा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको मैत्रीपूर्ण खेलमा दुबै टोलीको खेलले उपस्थित दर्शकलाई पूर्ण मनोरन्जन दियो । मैत्रीपूर्ण खेलमा खेलको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले गरे ।
नेपाल भलिबल संघका उपाध्यक्ष एवम कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष याम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिब जितेन्द्र बहादुर चन्द, सचिब डिबी नेपाली लगाएतले आलोम्पिक डेको महत्व र सन्दर्भका बारेमा बोलेका थिए । सो अबसरमा भलिबलको गितमा सोसियल पव्लिकका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । Pic- umesh pun


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…