
पोखरा (खेलाडी न्युज)-खेलाडीहरुको स्वास्थ्य तथा दुर्घटना विमा शुरु गरिएको छ । लामो समयदेखि खेलाडीको विमा बारे आबाज उठिरहे पनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले यसलाई नेपालमा नै पहिलो पटक सुरुवात गरेको हो ।
भलिबल र क्रिकेटका राष्ट्रिय खेलाडीद्वय मञ्जु गुरुङ र करण केसीलाई एक कार्यक्रमका विच पोलेसी हस्तान्तरण गर्दै पहिलो पटक खेलाडीको स्वास्थ्य जीवन विमा सुरुवात गरिएको छ । विमा अन्र्तगत खेलाडीलाई स्वास्थ्य विमा वापत २५ हजार र दुर्घटना विमा वापत २ लाखको प्रिमियम वापतको रकम क्षेत्रिय खेलकुदले प्रदान गर्नेछ ।
पहिलो चरणमा क्षेत्रिय खेलकुदले यस क्षेत्रका ९ खेलका ४२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको बिमा गरिने भएको हो । प्रुडेन्सियल इन्सोरेन्स कम्पनीको सहयोगमा सबै खेलाडीको बिमा गरिने भएको हो । खेलाडीको स्वास्थ्य र जिवन विमाको शुभारम्भ गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले खेलाडीको बिमाकाबारे धेरै पटक आवाज उठे पनि त्यो पुरा हुन नसकेको बताए । अध्यक्ष पौडेलले पश्चिमाञ्चल क्षेत्रिय खेलकुदले सानो रुपमा सुरु गरे पनि यसलाई जिल्ला तह सम्म योजनागत ढङ्गले अगाडी बढाउने उद्घोष समेत गरे ।
यूबा तथा खेलकुद मन्त्रालयका उपसचिब जर्नादन रिजालले आगामी आर्थिक वर्ष बाट मन्त्रालयले खेलाडी बिमा र जिवनवृतीका कुरा लागु गर्ने जानकारी दिए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका डिबी नेपालीले समेत बोलेका थिए ।
पदक विजेता खेलाडीले पाएनन रोजगारी
यसैबीच पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पुर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेतलाई रोजगारी दिने घोषणा गरेको झण्डै दुई वर्ष वितेपनि रोजगारी दिइएको छैन् । यसले खेलाडीको मनोबल भने घट्दै गएको छ । पदक विजेता खेलाडीलाई आवश्यक कागजपत्र पेश गर्न आग्रह गर्दै आएको क्षेत्रीय खेलकुद विकास समितिले कागजपत्र पेश गरेपनि रोजगारी नदिएको गुनासो पदक विजेता खेलाडीले गरेका छन् ।
स्वर्ण पदक जित्ने खेलाडीले दुईवर्षसम्म पनि रोजगारी नपाउँदा क्षेत्रीय खेलकुद विकास समितिको विश्वास गर्न छाडेका छन् । ‘स्वर्ण पदक जितेर आईयो । कागजपत्र माग गरे । पेश गर्यौं तर रोजगारीको नाम निशान छैन् ।’ पदक विजेता खेलाडीको गुनासो थियो । खेलाडी मात्रै नभई प्रशिक्षकले समेत त्यसको सुनुवाई गर्न माग गरेपनि वास्ता भने गरेका छैनन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…