
एजेन्सी-बेल्जियमले रसिया विश्वकपमा नकाउट चरणको यात्रा तय गर्दा ट्युनिसिया भने विश्वकपको यात्राबाट विदाई लिएको छ । विश्वकपकै सर्वाधिक गोल हुने क्रममा सात गोल हुन पुग्यो । बेल्जियमले ट्युनिसियाको चुनौतिलाई ५–२ गोल अन्तरले पन्छाउँदै अन्तिम १६ को स्थान सुरक्षित बनायो ।
पहिलो हाफको छैटौ मिनेटमा कप्तान इडेन हजार्डले पेनाल्टी मार्फत गोल गर्दै दिलाएको अग्रतालाई स्ट्राईकर रोमेलु लुकाकुले १६ औं मिनेटमा अर्को गोल थप्दै बीसमिनेट भित्र बेल्जियमले अग्रता दोब्बर बनाउन पुग्यो । तर १८ औं मिनेटमा ट्युनिसियाले गोल फर्काउँदै लय समात्ने प्रयास गर्यो । तर लुकाकुले बेल्जियमका लागि पहिलो हाफको सिठी फुक्ुन अघि गोल गर्दै अग्रतालाई ३-१ को स्थितिमा पुर्याए ।
ईडेन हाजार्डले ५१ औं मिनेटमा बेल्जियमका लागि व्यक्तिगत दोस्रो गोल गर्दै अन्तर फराकिलो बनाए । मिची बाटसुयईले ९० औं मिनेटमा अर्को गोल थपे । उनले तेस्रो प्रयासमा गोल गर्दै व्यक्तिगत गोलको सूचीमा आफुलाई उभ्याए । पहिलो प्रयास गोलकिपरलाई विट गरेर हानेको बल निकै फितलो हुदैं डिफेन्सले गोललाईनबाट क्लियर गरेका थिए । दोस्रो प्रयास पेनाल्टी बक्सबाट हानेको बल क्रसबारमा लागेर फर्किएको थियो । तेस्रो प्रयासमा गोल लेखिदाँ बेल्जियमको अन्तर निकै फराकिलो बन्दै गएको थियो । ट्युनिसियाका लागि १८ औं मिनेटमा ड्यालिन ब्रोनले गोल गरे । अर्को गोल भने अतिरिक्त समयमा वाह्बी खाजरीले गोल गर्दै अन्तरलाई केही कम गर्ने प्रयास गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…