
एजेन्सी-जर्मनी र दक्षिण कोरियालाई अन्ति खेल गर या मरको स्थितिमा पुगेको छ । दुवैले एक जित र एक हार व्यहोरेका छन् । समान ३–३ अंक छ । दुई पराजत व्यहोरेको स्वीडेन भने रसिया विश्वकपबाट बाहिरिने युरोपेली मुलुक बनेको छ । मेक्सिको ६ अंकसहित अन्तिम १६को स्थान सुरक्षित बनाउँदा जर्मनीले पनि स्वीडेनमाथि निर्विकल्प जित निकाल्दै अन्तिम १६ को लागि ढोका खुला राखेको छ ।
मेक्सिकोले कोरियालाई २–१ गोलले पराजित गर्दै नकाउट चरण प्रवेश गरेको हो । उता जर्मनीले पनि स्वीडेनलाई उस्तै नजितामा पराजित गरेको छ । दोस्रो हाफमा कमव्याक गरेको जर्मनीले स्वीडेनमाथि महत्वपूर्ण जित निकाल्दै विश्वकप विजेताको गरिमालाई जोगाईराख्यो ।
३२ औं मिनेटमा स्वीडेनले ओला टोईभोनेनको गोलबाट लिएको अग्रतालाई दोस्रो हाफको तेस्रो मिनेटमै बराबरी गर्दै जर्मनी खेलमा फर्कियो । मार्को रेउसले ४८ औं मिनेटमा गाले गर्दै जर्मनीलाई बराबरी गराउँदा टोनी क्रसले भने निर्णायक गोल अतिरिक्त समयमा गर्दै महत्वपूर्ण तीन अंक बटुले । क्रसले ९० प्लस ५ मिनेटमा गोल गरेका थिए । तर जर्मनीका लागि दुर्भाग्य बन्यो । ८२ औं मिनेटमा जेरोमे बोएटेङ रातो कार्डखाँदै बाहिरिए । यद्यपी दशजनामा सीमित जर्मनीले स्पष्ट जित भने निकाल्न अतिरिक्त समय कुर्नुपर्यो ।
उता मेक्सिकोले पेनाल्टीबाट लिएको अग्रतालाई जाभियर हर्र्नान्डेजले ६६ औं मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित बनाए । तर सान ह्युङ मिनले ९० प्लस ३ मिनेटमा गोल फर्काएपछि बराबरीको लागि पर्याप्त बन्न सकेन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…