
एजेन्सी -समूह विजेता बन्दै पुर्व विश्वकप विजेता स्पेन रसिया विश्वकपको नकाउटचरणमा प्रवेश गर्दा अतिरिक्त समयमा भाग्य लेखियो । दुई पटक पछाडि परेको अवस्थालाई उल्ट्याउँदै स्पेनले अन्तत मोरक्कोसँग बराबरी खेल्दै एक अंक जोडेर अन्तिम १६ भित्र प्रवेश गर्यो ।
दबाव विहीन मोरक्कोले १४ औं मिनेटमा खालिद बाउटायबले गोल गर्दै अग्रता दिलाउँदा स्पेन केही क्षण निराशको स्थितिमा पुग्यो । तर स्पेनका ईश्कोले १९ औं मिनेटमा बराबरी गोल फर्काएपछि पहिलो हाफ १-१ को स्थितिमा टुंगियो ।
खेल सकिन ९ मिनेट अघि युसेफ इएन नेस्यरीले गोल गर्दै मोरक्कोलाई जित तर्फ उन्मुख बनाए ।
तर भाग्यले ९० प्लस १ मिनेटमा सम्भावित हारलाई टार्दै आईआगो एस्पासले गोल गर्दै अंकविहीनको अवस्थाबाट जोगाए । उनको गोलले स्पेनलाई गोलअन्तरमा समूह विजेता बनाउँदै शीर्षस्थानमा रहँदै अन्तिम १६ को यात्रा तय गर्यो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…