
पोखरा(खेलाडी न्युज)-कान्तिपुरमाथि स्नोभ्यू ४–० ले सानदार जित निकाल्दै विद्यालयस्तरीय फुटबल प्रतियोगिताको दोस्रो चरणको यात्रा तय गरेको छ । स्नोभ्यूलाई जिताउन अमन पुन र क्षितिज कार्कीले एक एक गोल गरे भने ज्याङ्गबो शेर्पाले दुई गोल हिर्काएका थिए ।
कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की) द्वारा पोखरा रंगशालामा आयोजित छात्र तर्फको खेलमा मंगलबार अमरसिंह माबी, कास्की मोर्डनाइज्ड्, टप्स माबी र स्नोभ्यू बिजयी भएका छन ।अमरसिंह माबी बाल प्रभातसंग २–१ गोल अन्तरले बिजयी भएको छ । अमरसिंहलाई जिताउन मनोज नेपालीले दुई गोल गरेका थिए भने बाल प्रभातका लागि राजन तामाङले एक गोल फर्काए ।
दोश्रो खेलमा कास्की मोर्डनाइज्ड्ले टाइब्रेकरमा नेपाल आर्दशलाई पराजित गरेको छ । निर्धारित समयमा दुबै टिमले २–२ गोल गरे पछि खेल टाइब्रेकरमा पुगेको थियो । निर्धारित समयमा कास्की मोर्डनाइज्ड्का लागि रनिश थापाले दुइ गोल र नेपाल आर्दशका लागि प्रवेश गुरुङ र अर्पुब रानाले एक–एक गोल गरेका थिए । टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।
त्यस्तै तेश्रो खेलमा टप्स माबीले बाराही माबीलाई ३–१ गोल अन्तरले पाखा लगाएको छ । बाराहीका समिर नेपालीले सुसाइड गोलमा टप्सले अग्रता लिएको थियो । टप्सका राज गुरुङ र मन्दिप गुरुङले एक–एक गोल गरे । बाराहीका लागि एक मात्र गोल विश्व विकले फर्काए ।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङका अनुसार एन्फा कपमा पहिलो चरणका सम्पूर्ण खेलहरु सकिएका छन । उनका अनुसार दोश्रो चरणका खेलहरु पुनः असार २८ गते बाट सञ्चालन हुनेछन । सबै विद्यालयहरुमा पहिलो चरणको त्रैमासिक परिक्षा संचालन हुने भएपछि एन्फा कपका खेलहरु दुईसातापछि सारिएको अध्यष गुरुङले बताए । एन्फा कपमा छात्र तर्फ ३८ र छात्रा तर्फ ८ टिमको सहभागिता रहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…