
पोखरा(खेलाडी न्युज)-तीन वर्ष अघि निर्माण शुरु गरिएको पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हल फिनिसिङ गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद मार्फत १ करोड रुपैयाँ छुट्टाइएको छ ।
१४ करोड ३० लाखमा ठेक्का परेको थियो । समयमै निर्माण पुरा नहुदाँ पटक पटक म्याद थप गर्दै काम अन्तिम चरणमा पुर्याइएको छ । डाँफे मुन्ना एण्ड आचार्य(जोईन्ट भेन्चर)कम्पनीले ठेक्का लिएको थियो । एक करोड ९० लाख रुपैयाँ थप भईसकेको छ । फेरी एक करोड रुपैयाँ फिनिसिङको लागि आएको छ । हल भित्र पार्केटिङ, सिट र साउण्ड सिष्टम जडान गर्नुपर्ने खाँचो छ । विनियोजित बजेटले थप काम सम्पन्न गर्न कठिनाई हुने देखिएको छ । थप गरिएको पछिल्लो बजेटसँग हलको लागि १६ लाख २१ लाख रुपैयाँ खर्च हुने छ ।
त्यसैगरी परिषदले लन टेनिस कोर्टलाई १ करोड रुपैयाँ उपलब्ध गराईएको छ । परिषदले ३ करोड ४५ लाखको लागतमा क्ले कोर्ट, हार्ड कोर्ट, प्यारापिट तथा चेन्जिङ, फिडब्याक रुम तथा शौचालय निर्माण गर्न टेण्डर प्रक्रिया टुग्याईसकेको छ । उक्त लागत अनुमान अन्तर्गत पहिलो चरणमा १ करोड रुपैयाँ विनियोजन भएको हो । त्यसैगरी लामाचौर बास्केटबल कोर्टको लागि १० लाख रुपैयाँ विनियोजन भएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…