
एजेन्सी-अष्ट्रेलियाँ विरुद्ध एकदिवसीय म्याच श्रृखंलामा ५-० ह्वाईटवास गरेको इग्ल्याण्डले टी–२० को पहिलो खेलमा २८ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको इग्ल्याण्डले ५ विकेटको क्षतिमा २२१ रनको फराकिलो योगफल तयार पार्यो । जे.सी बटलरको अर्धशतीक योगदानमा २२१ रन बनाउने क्रममा उनले ६ चोका र ५ छक्का हिर्काए ।
अर्धशतकबाट एक रनले चुक्दा ए.डी हलेस ४९ रनमा स्टोईनिसको हातबाट क्याच आउट हुन पुगे । त्यस्तै जे.जे रोयले पनि उत्कृष्ट शुरुवात गर्ने क्रममा ४४ रन बनाई पेभेलियन फर्किए । जे.इ रुटले पनि ३५ रनको महत्वपूर्ण इनिङ खेले । मोर्गानको खातामा भने केवल १५ रन मात्रै लेखियो । एम.जे स्वेपसनले २ विकेट लिए । एम पी स्टोईनेस र बी स्तान्लेकले १–१ विकेट लिएका थिए ।
आरोन फिन्चले ८४ रनको ठोस इनिङ खेलेपनि अष्ट्रेलियालाई जितको खुशी भने दिन सकेनन् । डि.जे.एम सर्ट केवल १६ रन बनाई आउट भएपछि क्रिजमा आएका म्याक्सवेलले पनि खासै प्रभावकारी खेल देखाउन सकेनन् । उनी केवल १० रनमै क्रिज छोड्दा इनिङ भने फिन्चले सम्हालेका थिए ।
ए.सी अगरले २९ रनको महत्वपूर्ण योगदान दिए । तर जितको लागि पर्याप्त हुन सकेन् र टोली १९३ रनमा समेटिएको थियो । सि.जे जोर्डन र अदिल रसिदले ३–३ विकेट लिए । प्लुन्केटले भने दुई विकेट लिन सफल भए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…