
पोखरा(खेलाडी न्युज)-रसियामा जारी विश्वकप २०१८ हेर्न पोखराको एक टोली आज काठमाडौंहुदै रसिया प्रस्थान गरेको छ । टोलीमा दुई पत्रकार, चार कास्की फुटबल संघ (एन्फा) का पदाधिकारी र अन्य पाँच सर्वसाधारण गरी ११ सदस्यीय टोली रसिया रवाना भएका हुन् ।
रसिया जाने टोलीमा कास्की एन्फाका अध्यक्ष मिलन गुरुङ, पत्रकार सुरज श्रेष्ठ र बिनोद लामिछाने , एन्फा कास्कीका उपाध्यक्ष विश्व तण्डुकार, महासचिब रमेश कार्की र सदस्य शुवाष गुरुङ रहेका छन् । अन्य फुटबल प्रेमीहरुमा काशी बसेल, प्रकाश गुरुङ, हिमाल गुरुङ, गमबहादुर गुरुङ र सक्षम श्रेष्ठ रहेका छन ।
टोलीलाई कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक, एन्फा कास्कीका उपाध्यक्ष इश्वर गुरुङ (चन्द्र), एन्फा कास्कीका सदस्य नर गुरुङ र नरेश गुरुङले बिदाइ गरेका थिए । केन्द्रिय एन्फामा नयाँ नेतृत्व परिवर्तन भए संगै फुटबलको महाकुम्भ हेर्ने यस्तो अबसर पहिलो पटक प्राप्त भएको कास्की एन्फाका अध्यक्ष मिलनले बताए । यो अबसरले कास्कीमा फुटबल बिकासमा लाग्नेहरुका लागि ठूलो हौसला समेत मिलेको उनले बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…