
एजेन्सी-कोलम्बियाले सेनेगलको चुनौतिलाई पन्छाउँदै अन्तिम १६ मा प्रवेश गर्दा जापान हारले पनि नकाउटचरणमा प्रवेश गरेको छ ।
रसिया विश्वकपको नकाउट चरणमा प्रवेश गर्दा कोलिम्बियाले सेनेगललाई पराजित गर्दै ३ अंक जोड्यो । समग्रमा ४ अंकसहित समूह विजेता बनेर नकाउटचरणमा प्रवेश गर्दा जापान भने पराजय व्यहोरे पनि अन्तिम १६को स्थान सुरक्षित बन्यो ।
जापानलाई पराजित गरेको पोल्याण्डको लागि सान्त्वना जित मात्रै बन्न पुग्यो ।
विश्वकपबाट बाहिरिसकेको पोल्याण्डलाई जापानसँगको खेल केवल प्रतिष्ठाको लागि मात्रै थियो । जापान एक जित र एक बराबरीसँगै ४ अंक लिएर समूहचरण पार गर्यो । जापानको भाग्य कोलम्बियाले लेखियो ।
यरी मिनाको निर्णायक गोलसँगै कोलम्बियाले समूह चरणको अन्तिम खेल जितसँगै टुग्यायो । अब कोलम्बियाले क्र्वाटरफाईनल प्रवेशको लागि इग्ल्याण्डसँग खेल्ने छ । उता पोल्याण्डका लागि सान्त्वना जित भने ५९ औ मिनेटमा जान बेडनरेकले गोल गर्दै दिलाए । PHILIPPE DESMAZES/AFP/Getty Images


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…