
एजेन्सी-स्वीडेनसँग पराजित भएको मेक्सिकोका खेलाडी भने विश्वकपको इतिहासमा नयाँ किर्तिमानी लेखाएका छन् । मेक्सिन डिफेण्डर जेसस गार्लार्डोसले १३ सेकेण्डमा पहेलो कार्ड खाँदै विश्वकपको इतिहासमा नयाँ किर्तिमानी आफनो दर्ता गराए ।
यसभन्दा अघि यो किर्तिमान रसियन खेलाडी सर्गेज गोर्लुकोविचले राखेका थिए । उनले १९९४ मा अमेरिमा आयोजित विश्वकपमा ५४ सेकेण्डमा पहेलो कार्ड खाँदै विश्वकपमा सबैभन्दा छिटो पहेलो कार्ड खेलाडीको सूचीमा थिए ।
रसिया विश्वकपमा मेक्सिकन खेलाडी इड्सन अल्भारेजले ७४ औं मिनेटमा आफनै पोष्टमा गोल गर्दै अर्को किर्तिमान लेखाएका छन् ।
उनले खेलमा कसैको मार्किङ नगरिकनै क्लियर गर्नुपर्ने खुट्टामा ठोकिदा बल आफनै पोष्टभित्र छिर्न पुगेको थियो । उरुग्वेका जोसे बाटिस्टाले ५६ सेकेण्डमा रातो कार्ड खाने खेलाडीको सूचीमा छन् । उनले १९८६ मा स्कटल्याण्ड विरुद्धको खेलमा रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…