अर्जेन्टिना बाहिरियो, फ्रान्सको जितमा एमबाप्पे नायक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १६ गते २०७५ मा प्रकाशित


काजान(एजेन्सी)-विश्वकपको उपाधि उचाल्ने लक्ष्य लिएको अर्जेन्टिना प्रिक्र्वाटरबाट दुखद विदाई लिदाँ फ्रान्स भने अन्तिम आठमा पुग्ने पहिलो टोली बनेको छ ।

एन्टोनी ग्रिजम्यानको फ्रिकिक क्रसबाटमा लागेर रिवाउण्ड भएपछि अभागीको संकेत पाएको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ठ कमब्याक गर्ने क्रममा अर्जेन्टिनालाई ४-३ गोलले पराजित गर्दै क्र्वाटरफाईनल सुरक्षित बनायो । लिओनेल मेस्सीले सन्यास फिर्ता लिएपछि विश्वकप छनोट खेल्दै प्रिक्र्वाटरनफाईनलसम्मको यात्रा तय गराए । तर उनी विश्वकपमा प्रभावकारी प्रदर्शनबाट चुक्न पुगे । चार खेलमा उनले एक गोल मात्रै गरेका थिए । विश्वकप छनोट चरण पनि बल्लबल्ल पार गर्दै अर्जेन्टिना रसिया यात्रा गरेको थियो ।

ग्रिजम्यानको पेनाल्टीबाट अग्रता लिदै शुरुवाती गरेको फ्रान्सले ५० मिनेटमा भने पछि परेको थियो । तर २० मिनेट भित्रमा फ्रान्सले तीन गोल गरेपछि फ्रान्स अर्जेन्टिनामाथि हावी हुन पुग्यो । केलियन एमबाप्पेलाई डिबक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टीको मौका पायो । १३ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । बेन्जामिन पाभार्डले ५७ आंै मिनेटमा गोल गर्दै बराबरी गर्दै फ्रान्सलाई लयमा फर्काए । उनलाई लुकास हर्नाडेजले पास मिलाईदिएका थिए । केलियन एमवाप्पेले ६४ र ८४ औं मिनेटमा गोलगरेपछि फ्रान्सले अग्रतालाई बढायो । उनलाई गोलको अवसर भने ओलिभर जिराउडले मिलाईदिएका थिए ।

एन्जेलो डिमारियाले ४१ औं मिनेटमा ३० यार्डबाट हानेको लेफ्ट फुटेट सट पोष्टको कर्नरमा छिरेपछि अर्जेन्टिनाले पहिलो हाफ फ्रान्ससँग बराबरी खेल्यो । त्यसपछि लिअ‍ोनेल मेस्सीले हिर्काएको बललाई टच गर्दै ग्रावियल माकार्डोले ४८ औ अर्को गोल गरेपछि अर्जेन्टिनाले अग्रता लियो । तर अग्रतालाई धेरै लामो समयसम्म टिक्न सकेन् । सर्जियो अगुईरोले अतिरिक्त समयमा मेस्सीले दिएको पासमा पेनाल्टी बक्सबाट हानेको हेड गोलमा परिणत भएपछि अर्जेन्टिना खेलमा फर्किने सम्भावना देखायो ।

तर रेफ्रीले एक मिनेटपछि सकिएको सिटी फुकेपछि फ्रान्सले अन्तिम आठको यात्रा तय गर्दा अर्जेन्टिनी लेजेण्ड मेस्सीको विश्वकप जित्ने आशा शनिबार समाप्त भयो । अगुईरो दोस्रो हाफमा मात्रै मैदान छिरे भने हिगुईन भने फ्रान्ससँगको खेल बेन्च बसेर हेर्न बाध्य भए ।