
portugal captain Ronaldo
सोची(एजेन्सी)-केही घण्टाको मात्रै फरक । दुई आधुनिक फुटबल सर्वकालिन खेलाडी लिओनेल मेस्सीको निराश बहिर्गमनलाई नियालिरहेका क्रिष्टियानो रोनाल्डो पनि उस्तै गरी रसिया विश्वकप यात्राबाट बिदा लिए ।
मुहारमा उदासिनता मात्रै थियो । दुवै खेलाडी नकाउटचरणको खेलमा लयमा देखिएनन् । नकाउटचरणमा रोनाल्डोले खेलेको भूमिकाले अन्तिम १६ को भिडन्तमा पनि उस्तै आशा र विश्वास एवं अपेक्षा गरिएको थियो । तर त्यसमा उनी चुके ।
युरो च्याम्पियन पोर्चुगल दुई पटकको विश्वकप विजेता उरुवेसँग २-१ गोलले पराजित हुदैं बाहिरिदाँ रोनाल्डो मैदानमै उदासिन बन्न पुगे । खेलको सातौं मिनेटमा उरुग्वेका बार्सिलोना स्ट्राईकर लुईस स्वारेजको पासमा एडिसन काभानीले गोल गर्दै दिलाएको अग्रतालाई उनलै व्यक्तिगत दोस्रो गोल दोस्रो हाफमा गर्दै क्र्वाटरफाईनल सुनिश्चित बनाए ।
५५ औं पोर्चुगल डिफेन्स पेपेले गोल गर्दै पोर्चुगललाई बराबरीमा ल्याई पुर्याए ।
तर ६२ औं मिनेटमा काभानीले अर्को गोल थपेपछि पोर्चुगल टोलीमा निराशा छायो । मेस्सी र रोनाल्डो दुवै रसिया विश्वकपको प्रिक्र्वाटरमा महान खेलाडीको सूचीमा आफुलाई उभ्याउन सकेनन् । दर्शकको ध्यान मेस्सी र रोनाल्डो तर्फ केन्द्रीत भएपनि खेलमा जादुमयी प्रदर्शन भने देखिएन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…