
मस्को(एजेन्सी)-आयोजक रसिया क्र्वाटरफाईनल प्रवेश गर्दा स्पेन भने टाइब्रेकरको शिकार हुदैं विश्वकपबाट बाहिरिएको छ । टाइब्रेकरमा ४-३ गोलमा पराजित हुदैं स्पेन बाहिरिदाँ रसियाले भने नयाँ इतिहास लेखेको छ ।
कोके र आइगो अस्पासको पेनाल्टीलाई रसियन गोलकिपरले सेभ गरेपछि स्पेनले क्र्वाटरफाईनल खेल्ने सपना त्यहीबाट टुंगिएको छ । आन्दे्रस इनिष्टाले शुरुवाती पेनाल्टीलाई गोल गर्दै स्पेनलाई लय देखाए । जेरार्ड पिके र सर्जियो रामोसको पेनाल्टी गोलमा परिणत भयो ।
रसियाका फेडर स्मोलोभ, सर्गेय इनाग्सेभिच, अलेक्जण्डर ग्लोभिन र डेनिस चेरेसिभको प्रहार गोलमा परिणत भएपछि रसियाले घरेलु मैदानमा क्र्वाटरफाईनल खेल्ने सौभाग्य पायो । निर्धारित र थपिएको समयमा समेत बारबरी भएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।
उपहार गोलबाट लिएको अग्रतालाई जोगाउन नसक्दा १-१गोलको बराबरीसँगै निर्धारित र थपिएको आधा घण्टाको समयमा गोलरहित हुदाँ भाग्य टाईब्रकेरमा लिईयो । १२ औं मिनेटमा सर्गेय इनाग्सेभिचले सर्जियो रामोसलाई रोक्ने क्रममा आफनै खुट्टामा लागेर बल पोष्ट भित्र छिरेको थियो ।
तर स्पेन अभागीसिद्ध भयो । हेडिङ गर्न उफ्रिदा रसियन खेलाडीले हानेको हेडिङ बल जेरार्ड पिकेको हातमा लागेपछि रेफ्रीले पेनाल्टीको अवसर दिए । पेनाल्टीलाई अर्टेम डयुबाले ४१ औं मिनेटमा गोल गर्दै बराबरी गरे । जुन पेनाल्टीले रसियाको भाग्य पेनाल्टी सुटआउटसम्म पुर्याउँदै अन्तिम आठमा आफनो स्थान सुरक्षित बनायो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…