
सोची(एजेन्सी)-क्रोयसियाको भाग्य पनि पेनाल्टी सुटआउटमा लेखिदाँ रसिया विश्वकपबाट बाहिरिने टोलीमा डेनमार्क पनि परेको छ । निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएको थियो । थपिएको ३० मिनेटको समयमा पनि गोलरहित टुंगिएपछि पेनाल्टी सुटआउटमा क्रोएसियाको भाग्य लेखियो । डेनमार्क भने रसिया विश्वकपलाई अविस्मरणीय बनाउन तीन खेलाडी पेनाल्टीमा चुके ।
पेनाल्टी सुटआउटमा ३–२ को नजिता निस्कियो । त्यसभन्दा अघि थपिएको समयमा पाएको पेनाल्टीलाई समेत क्रोएसियाका कप्तान लुका मडरिचले डेनमार्कका गोलकिपरकै हातमा दिएपछि क्रोएसियाको भाग्यमा तुवाँलो लागेको संकेत देखियो । तर उनले पेनाल्टी सुटआउटमा भने कुनै गल्ती गरेनन् ।
पहिलो प्रहार मिलन बाडेल्जको प्रहार बचाउ भएपछि क्रोएसिया निराश बन्न पुग्यो । आन्द्रेज क्रमारिच र लका मडरिचको गोल भयो । अर्को प्रहार जोसिप पिभारिचको प्रहारलाई डेनमार्की गोलकिपरले बचाए । अन्तिम प्रहार इभान राकिटिचको प्रहार गोल भएपछि क्रोएसियाले जितको खुशीयाली मनाउँदै अन्तिम आठको यात्रा सुरक्षित बनायो ।
डेनमार्कको पनि पहिलो पेनाल्टी सुट आउट एरिकसनको प्रहार बारमा लागेर फर्कियो । साईमन केज्ईर र माईकल क्रोहनको प्रहार गोलमा परिणत भएको थियो । तर लासे स्चानो र निकालाई जोर्गेन्सेनको प्रहारलाई क्रोएसियन गोलकिपरले बचाउँदा डेनमार्कले प्रिक्र्वाटरफाईनल भन्दा अघिको खेल खेल्ने अवसरबाट बन्चित हुन पुग्यो ।
निर्धारित समयमा पहिलो मिनेटमै माथिस जोर्गेन्सनको गोलबाट डेनमार्कले अग्रता लियो । तर तीन मिनेटपछि मारियो मान्डुज्किचले ४ मिनेटमा गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…