
पोखरा(खेलाडी न्युज) प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा कास्कीका दुई बक्सरले स्वर्ण पदक जितेका छन् । कास्कीका बक्सर हेमरात राउतले ६९ केजी तौल समूहमा स्वर्ण जितेका छन् । प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा आर्मी रवि सुनारलाई पराजित गर्दै स्वर्ण हात पारे ।
पुरुषकै ८१ केजी तौलको फाइनल प्रतिस्पर्धामा कास्कीका दिपक सुनुवारले आर्मीका भुपेन्द्र सिंहलाई हराउँदै स्वर्ण पदक जित्न सफल भए । पुरुष ५६ केजीको स्वर्ण पदक एपीएफका पुरन राईले जिते । पुरनले फाइनलमा कास्कीका दिनेश बानियाँलाइ हराएका थिए ।
यद्यपी प्रतियोगितामा आर्मीले पुरुषतर्फ ५ स्वर्ण,५ रजत र ६ कास्य तथा महिलातर्फ ४ स्वर्ण,२ रजत र ५ कास्य जित्दै समग्रमा ९ स्वर्ण,७ रजत र ११ कास्यका साथ टिम च्याम्पियनको बन्यो । प्रतियोगितामा पुरुष तर्फ आर्मीका सुशिल थापा उत्कृष्ट खेलाडी घोषित भए । महिला तर्फ एपीएफकी माला राई उत्कृष्ट घोषित भइन् । उत्कृष्ट निर्णयकको उपाधि आठौ सागका स्वर्ण बिजेता प्रकाश थापामगरले जिते । बिजेता तीनै जनाले जनही २० हजार नगद प्राप्त गरे । विजेतालाई प्रकाश दाहालकी पत्नी तथा खानेपानी मन्त्री विनामगरले पुरस्कार वितरण गरिन् ।
लैनचौर स्थित हलमा सम्पन्न प्रतियोगिताको हेभीवेट ९१ केजी माथिको स्वर्ण पदक आर्मीका आशिष दवाडीले जिते । फाइनलमा उनले कैलालीका सुरेश ओझालाई हराएका थिए । यस्तै पुरुषकै ९१ केजीको स्वर्ण पदक पनि आर्मीका अर्जुन सिंहले जिते । स्वर्ण भिडन्तमा अर्जुनले आफ्नै क्लबका गणेश प्रधानलाई पराजित गरे । पुरुष ५२ केजीको स्वर्ण पदक एपीएफका विक्रम परियारले हात पारे । उनले फाइनलमा आर्मीका विकास राईलाई हराएका थिए । पुरुष ४८ केजीको स्वर्ण जित्नका लागि आर्मीका सुशिल थापाले एपीएफका आश तामाङलाई पराजित गरे ।
६० केजीमा आर्मीका दानबहादुर दर्लामी च्याम्पियन बने । फाइनलमा उनले झापाका प्रकाश लिम्बुलाई हराएका थिए । यस्तै ६४ केजीमा आर्मीका नरेश थापा च्याम्पियन बने । स्वर्ण भिडन्तमा नरेशले झापाका अविनय राईलाई हराएका थिए । पुरुषकै ७५ केजी तौलको स्वर्ण जित्दा बानुजका कौशल जंग थापाले आर्मीका कृष्णराज शाहीलाई हराएका थिए ।
अखिल नेपाल खेलकुद संघको आयोजनामा भएको प्रतियोगितामाको विगागीय टिमले पुरुषको १० मध्ये सात स्वर्ण जित्दा महिला तर्फ भने आठै तौल समूहको स्वर्ण विभागीय टिमले बाँडेका छन् । प्रत्येक समूहका बिजेता उपबिजता तथा तेश्रो स्थान हाँसिल गर्ने खेलाडीले क्रमशःनगद १० हजार,५ हजार र ३ बिजेतालाई स्वर्गिय प्रकाश दाहालकी धर्मपत्नी खानेपानी मन्त्री बिना मगर,पूर्व खेलकुद मन्त्री दलजित श्रीपाईली,नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ,संघका अध्यक्ष राम अवाले,राखेप सदस्य एवमं संघका बरिष्ट अध्यक्ष अर्जुन बहादुर केसी,प्रतियोगिता संयोजक पवन अग्रवलगायतले पुरस्कृत गरे ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…