
एजेन्सी-उत्कृष्ठ कमव्याक गर्दै बेल्जियमले एशियन जायन्ट जापानलाई रोमाञ्चक खेलमा ३-२ गोलले पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गरेको छ । ब्लु सामुरायले दुई गोलको अग्रतालाई जोगाउन नसक्दा अन्तत रसिया विश्वकपको यात्रा क्वाटरफाईनल पुग्नै बन्चित रह्यो ।
४८ औं मिनेटमा जेन्की हारागुचीको गोलबाट अग्रता लिएको जापानले ५२ औं मिनेटमा ताकाशी इनुईको गोलसँगै अग्रता दोब्बर बनायो । तर ६९ औं मिनेटमा जान भेर्टोगेन्नको गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने प्रयास गरे । ७४ औं मिनेटमा अर्को गोल गरेपछि बेल्जियम लयमा फर्कियो ।
माउराने फेलानीको गोलसँगै बराबरी गरेको बेल्जियमको भाग्य भने अतिरिक्त समयमा खुल्यो । ९० प्लस ४ मिनेटमा नासेर चादिलले गोल गरेपछि जापानिजको आशामा तुषारापात हुन पुग्यो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…