
पोखरा(खेलाडी न्युज)-झण्डै एक महिनापछि बतास ब्रदर्श प्रालिले वर्ष खेलाडीबाट सम्मानित खेलाडीहरुलाई मोटरसाईकल हस्तान्तरण गरेको छ । गत जेठ १८ गते नेपाल खेलकुद पत्रकार मन्च कास्कीद्वारा आयोजित तेस्रो टिभिएस पोखरा स्पोर्टस अवार्डबाट विजेतालाई प्रालिले मोटरसाईकल हस्तान्तरण गरेको हो ।
पुरुष वर्ष खेलाडीबाट शारीरिक सुगठन संघका खेलाडी कमल भणडरी र महिला वर्ष खेलाडीबाट सितेरियो कराँतेकी खेलाडी बिमला नेपाली घोषित भएका थिए । बतास ब्रर्दशले सम्पूर्ण प्रक्रिया पुरा गरेपछि बाइक र स्कुटर खेलाडीलाई बिहीबार खेलाडीद्वयलाई हस्तान्तरण गरिएको हो । बतास ब्रर्दशका सहायक महाप्रवन्धक विश्वमणी भण्डारीले बतास पोखरा स्र्पौट्स आवार्डका बिजेता पुरुष खेलाडी कमल भण्डारीलाई अपाचे मोटरसाइकल र महिला खेलाडी बिमला नेपालीलाई विगो स्कुटर हस्तान्तरण गरेका हुन ।
सहायक महाप्रवन्धक भण्डारीले नेपाल खेलकुद पत्रकार मंच कास्कीसंग जोडिएर पोखरा स्र्पोट्स अर्वाड मार्फत खेलाडीलाई प्रोत्साहन स्वरुप बाइक र स्कुटर प्रदान गर्न पाएकोमा खुसी लागेको बताए । उनले आगामी वर्षहरुमा पनि यस्तो महत्वपूर्ण कार्यक्रममा कम्पनीले साथ दिने बताए । उनले बिजेता खेलाडीलाई बाइक र स्कुटरको साँचो हस्तान्तरण गरेका थिए ।
नेपाल खेलकुद पत्रकार मंच कास्की अध्यक्ष केशब पाठक, बतास ब्रर्दशका चिफ अपरेटिङ अफिसर राजेश रानाभाट, मंचका उपाध्यक्ष दिननाथ बराल, सचिब रन्जन अधिकारी, कोषाध्यक्ष बिजय नेपाल लगाएत अन्य खेलाडी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…