
एजेन्सी-विश्वकपको २१ औं सस्करण रसियामा चलिरहेको छ । अन्तिम आठको खेलहरु आज साँझदेखि शुरु हुदैै छ । सबैलाई चासो र चिन्ता एवं ढुकढुकी बढ्दै गएको छ ।
क्र्वाटरफाईनलमा विश्वकप पुर्व विजेता फ्रान्सले उरुग्वेसँग खेल्ने छ । त्यसपछि पाँच पटकको विजेता ब्राजिलले बेल्जियमसँग खेल्ने छ । उरुग्वेले दुई पटक आफनो नाममा विश्वकप लेखाईसकेको छ । फ्रान्सले पनि एक पटक उचालेर आफनो प्रभुत्वलाई कायमै गरेको छ ।
उरुग्वे र फ्रान्स दवै उत्कृष्ठ छन् । आफनो क्षमता दुवैले लिग र नकाउटचरणमा देखाईसकेका छन् । त्यसैले दुवैले उपाधि होडलाई कायमै राख्न आफनो बलबुता प्रयोग गर्नेमा दुईमत नै छैन् । कमजोरी आज दुवैलाई क्षम्य हुने छैन् ।
फ्रान्सले युवा खेलाडीलाई प्रोत्साहित गरेको छ । तीन गोल गरेको किलियन एमबाप्पे फ्रान्सका लागि प्रभावशाली खेलाडी हुन । उनीसँगै एन्टोनी ग्रिजमन, ओरिभर्ड जिराउड र पाउल पोग्बाको भरमा फ्रान्स रहने छ । उता उरुग्वे भने काभानी र स्वारेजलाई मुख्य हतियारको रुपमा प्रयोग गर्दै जित्ने रणनीति बुन्दै छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…