
राजविराज(खेलाडी न्युज)- सप्तरीमा जारि सप्तरी प्रिमियर लिग प्रतियोगिताको शनिबार सम्पन्न तेश्रो खेलमा बजाज खडक वारियर्सले लगातार दोश्रो जित हाँसिल गर्ने क्रममा तिलाठी महिन्द्रा हिरोजलाई ७ विकेटले पराजित गरेको छ।
पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको मेहबुब आलम कप्तानीको तिलाठीले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो।उसको लागि विकास दासले सर्वाधिक २८ रन, मेहबुब आलमले १६ तथा अमित यादबले ११ रन योगदान दिए। खडक वारियर्स बलर गोमानंद अमथ र हरि शंकर शाहले ३र३ विकेट तथा फिर्दोश अन्सारीले २ विकेट लिए।
९१ रनको लक्ष्य वारियर्सले १०.१ ओभरमा पछ्यायो । जसलाई सहज जित दिलाउन हासिम अन्सारीले आक्रामक ब्याटिंग गरे। अविजित ५८ रन बनाएका अन्सारीले २६ बलमा ६ छक्का र ३ चौका प्रहार गरे। तिलाठी बलर संसाद शेखले २ विकेट लिए। प्रतियोगितामा बजाज खडक वारियर्सको दोश्रो खेलमा यो लगातार दोश्रो जित हो भने कोइलाडी तिलाठी महिन्द्रा हिरोजले २ खेलमा दोश्रो हार बेहोर्यो।
३ टिम सहभागी लिगमा बोदे बर्साइन थन्डर्सले पनि २ खेल खेल्दा १ जित र १ हार बेहोरेको छ। प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा तिलाठी महिन्द्रा हिरोज र बोदे बर्साइन थन्डर्स प्रतिस्पर्धा गर्नेछन्। Pic by Birat Raya


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…