
एजेन्सी- जोय रुटले शतकीय पारी खेलेपछि इग्ल्याण्डले भारतसँगको तेस्रो एकदिवसीय खेलमा ८ विकेटको जित निकाल्दै तीन खेलको सिरिज कब्जा गरेको छ । भारतले दिएको २५६ रनको लक्ष्यलाई इग्ल्याण्डले दुई विकेटको क्षतिमा जोय रुटको शतकीय पारीमा ३३ बल बाँकी रहदाँ जित निकाल्दै सिरिज कब्जा गरेको हो ।
२५७ रनको पछ्याएको इग्ल्याण्डले रुट र इयान मोर्गानको नटआउट १ सय ८८ रनको साझेदारी गरेपछि जित सहज बन्यो । मोर्गानले ८८ रनको नटआउट खेल्दै जितसम्म डोर्याउँदा जोय रुट भने प्लेयर अफ दि सिरिजबाट सम्मानित भए । अदिल रसिल भने म्यान अफ दि म्याचको हकदार बने । उनले भारतीय तीन व्याट्सम्यानलाई पेभेलियनको बाटो देखाएका थिए ।
पहिलो एक दिवसिय खेलमा पराजित भएको इग्ल्याण्डको टोलीले दोस्रो र तेस्रो खेल जित्दै सिरिज आफनो नाम लेखायो । कप्तान विराट कोहलीले ७१ रनको महत्वपूर्ण योगदानमा भारतले आठ विकेटको क्षतिमा २५६ रन बनाएको थियो । शिखर धवनले ४४ र महेन्द्रसिंह धोनीले ४१ रनको योगदान गरे । हार्दिक पाण्ड्या, भुवनेश्वर कुमार र केडी कार्तिकले समान २१ रन बनाएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…