
पोखरा(खेलाडी न्युज)-थाइल्याण्डको राजधानी बैंककमा हुने ‘इन्टरनेशनल युनिर्भसिटी मुवाथाई च्यम्पियनसिप’मा सहभागिताका जनाउन नेपाली टोली शनिबार प्रस्थान गरेको छ ।
बिश्वविद्यालयस्तरिय प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउने टोली शुक्रबार पोखराबाट विदाई गरिएको थियो । मुवाथाई टोलीलाई कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, मुवाथाई कास्की जिल्लाका अध्यक्ष अब्राहम खान लगाएतले बिदाई गरेका थिए ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितीका काबा अध्यक्ष एवम नेपाल मुवाथाईका कोषाध्यक्ष सम्पन्न श्रेष्ठको नेतृत्वमा टोली प्रस्थान गरेको हो । टोलीको प्रशिक्षकमा कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपकबहादुर गोदार रहेका छन ।
खेलाडी रुपक नेपाली ७३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् भुपेन्द्र थापा ६५ केजी तौलमा, मन्दिप थापा ७५ केजी माथिको तौल समूहमा भिडन्े छन् । कुमार थापा ५५ केजी तौलमा प्रतिष्पर्धा गर्ने भएका छन । टोलीको अफिसियलमा अजय पराजुली, राजु शिवाकोटी र सूजन क्षेत्री रहेका छन भने रेफ्रीमा बिजय गुरुङ रहेका छन । च्यम्पियनसिप साउन ६ देखि १३ गते सम्म आयोजना हुँदैछ । उक्त प्रतियोगितामा ८४ देशको सहभागिता रहने जनाइएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…